एकतामा जोड दिँदै युएईमा मगर दिवस मनाइयो

  Manaslu Post  606 पटक हेरिएको

१८ फागुन, युएई । प्रथम सहिद लखन थापाको स्मरण गर्दै युएईमा ३५ औं मगर दिवस मनाइएको छ । नेपाल मगर संघ शाखा युएईद्वारा १४० औं थापा स्मृति तथा ३५ औं मगर दिवस मनाइएको हो ।

शुक्रबार दुबईस्थित ईम्पेरियल सुइट होटेलमा विभिन्न साँस्कृतिक कार्यक्रमबीच दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटनमा ३५ वटा दीप प्रज्ज्वलन सहित नेपाली राष्ट्रगानको प्रस्तुति राखिएको थियो । त्यसपछि प्रथम सहिद क्याप्टेन लखन थापा मगरको तस्वीरमा माल्यार्पण गरिएको थियो ।

नेपाली राजदूतावास युएईका कार्यवाहक राजदुत नेत्रबहादुर टन्डनको प्रमुख आतिथ्यमा संघका अध्यक्ष राजु सिंजाली मगरको सभापतित्वमा मगर दिवस मनाइएको हो । कार्यक्रमको विशिष्ट अथितिमा नेपाल मगर संघ केन्ऽीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष गुरुप्रसाद घर्तीमगर, बिशेष अतिथिहरुमा नेपालका चर्चित मोडेल तथा कलाकार आरुसी अस्लामी मगर, अन्तर्राष्ट्रिय मञ्चका सदस्य गिरिमान थापा मगर साथमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डेरराज तमु थिए ।

मन्तव्यका क्रममा खाम भाषा जागरण युएईका प्रतिनिधि पृथ्वीछक मगरले आफ्नो भाषामै मन्तब्य दिँदै युएईमा अर्को मगर संघ खुलेको भन्दै दुःख व्यक्त गरे । उनले मगरहरुमा एकता हुनुपर्ने बताए । मुख्यतः मगरहरुले तीनथरीका भाषा बोल्ने हुँदा समस्या देखिएको उनले बताए ।

त्यसैगरी जनजाति महासंघका अध्यक्ष डेरराज तमुले सामाजिकबाट राजनीतिक रुपन्तरण हुन सके मात्रै जनजातिको भलाई हुने बताए ।

मगर अन्तर्राष्ट्रिय मञ्चका सदस्य तथा कार्यक्रमका विशेष अतिथि गिरिमान थापा मगरले अबको आवश्यकता भनेकोे एकता र पहिचान भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार