मगर खेलाडीहरु सम्मानित

  Manaslu Post  2532 पटक हेरिएको

भिडियो हेर्नुहोस

विभिन्न विद्याका राष्ट्रिय तथा विशिष्ट मगर खेलाडीहरु सम्मानित भएका छन् । नेपाल मगर खेलकुद संघले राजधानीमा शनिबार आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा खेलकुदका विभिन्न विद्याका १२ जना राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा नेपालमा पहिलो प6s बक्सिङ भित्र्याउने बक्सिङ भिष्म पिता सुरेश आलेमगर, प्रथम सागमा स्वर्ण पदक दिलाउने फुटवल खेलाडि पवन राना मगर, त्यसै गरि कराँतेका विजयमान थापा मगर, व्याडमिण्टनका किरण थापा मगर, तेक्वाण्डोका थानेस्वर थापा मगर, जुडोका विर राना मगर, साथै, शुटिङका कुलमाया क्याप्छाकी मगर सम्मानित भएका हुन् । त्यसै गरि भारक्तोलनका तारादेवी पुन मगर, टेवल टेनिसका गिता थापा मगर, भलिवलका इम ब राना मगर सम्मानित भएका छन् भने अन्य सम्मानित हुनेहरुमा क्रिकेटका नेरी थापा मगर र उसुका निमा घर्तिमगर रहेका छन् ।गृह मन्त्री राम बहादुर थापा मगर बादलले खेलाडीहरुलाई सम्मान गर्दै देशको सम्मानको लागि खेल जगतको माध्यामबाट मगर खेलाडिहरुले पु¥याएको ठुलो योगदानको प्रसंशा गर्नु भएको थियो ।
मन्त्री थापा मगरले अहिले सरकारको मुख्य लक्ष्य भनेको विकास र समृद्धि, स्थायी शान्ति भएको र खेलकुदको अवस्था पनि राष्ट्र विकासको सुचक भएकोले खेलकुद विकासको लागि सरकार लाग्ने बताउनु भएको छ । त्यसैगरि अशान्ती, गुण्डागर्दिको अन्त्य गर्नको लागि खेलाडीहरु सक्षम हुने हुँदा, समाजका यस्ता अराजकताको अन्त्य गर्नको लागि लाग्न समेत खेलाडीहरुलाई आग्रह गर्नुभयो । साथै मन्त्री थापाले खेलकुदको क्षेत्रमा समेत सिन्डिकेट रहेकोले यसलाई समेत तोड्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।त्यस्तै, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले सम्मानित खेलाडीहरुलाई बधाई दिदैँ मानव सभ्यताको ऐतिहासिक आधारमा प्रदेश चारको नामांकन नगरिएकाले यसको लागि आन्दोलनमा उत्रन सवैलाई आह्वान गर्नुभयो ।

राष्ट्रलाई खेलकुदको माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने अग्रज खेलाडीहरुको सम्मान र नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्दै खेलकुद क्षेत्रको विकास सँगै खेलाडिहरुको मनोवल वृद्धिको लागि यस्ता सम्मानले थप भुमिका खेल्ने विश्वास लिएको नेपाल मगर खेलकुद संघका अध्यक्ष मन बहादुर पुनले बताउनु भयो ।

कार्यक्रममा खेलाडिहरुको सम्मानमा सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार