स्थानिय रैथाने बालीको संरक्षमा लाग्दै गैह सरकारी संस्थाहरु

  बृर्ष बहादुर रोकाया  1174 पटक हेरिएको


डोल्पा ।  डोल्पा जिल्लामा ठुलिभेरी नगर पालिका ,काईके गाउँपालिकामा कार्यक्रम लागु भएको वातावरणीय कृषि तथा बिकास केन्द्र (केड) नामक संस्थाको आर्थिक सहयोग र पश्चिमी उच्च पहाडी बिकास संगठन नेपाल डोल्पाको आयोजनामा वडा नं ९ मोतीपुरमा दुईदीने कार्यशाला ब्यवहारीक तालीम सुरु भएको छ ।

यस डोल्पा जिल्लामा लागु भएको केडको आर्थिक सहयोग र उडान नेपालको आयोजनमा नमुना कृषक जोडीलाई तालीम दीएको छ । जसमध्ये यहाँको स्थानिय रैथाने जातका तरकारी उत्पादन, बिउ संरक्षण तथा करेसाबारी ब्यवस्थापन सम्बन्धी किसान हरुलाई यहाको रैथाने जातका तरकारी कसरी उत्पादन गर्ने र यसको महत्व किन छ भन्ने बिषयमा जोड गरीएको थियो ।

स्थानिय रैथाने जातका तरकारि साग सब्जीको उत्पादन कसरी गराउने । साथै डोल्पा जिल्लामा भौगोलीक हीसाबले बिकट र दुर्गम भएता पनी यहाको हावापानी र मौसमअनुसाको बिउ उत्पादन ,तरकारी उत्पादन ,र बिभीन्न कीसीमका फलफुल तथा तरकारी उत्पादनको लागी हामीहरुले गाउँ स्थरमा र जनप्रतिनिधि हरु संग पनि छलफल संगै स्थानिय अन्न बालीको प्रर्वधन र जैबिक पद्धति बाट खेति गर्न कृषकहरु लाई जागुरुक बनाउने काममा साथ दिईरहेका छौ भनि केड ( कर्णाली जनजिविका कार्यक्रमका खाध संम्प्रभुता संयोजक कृष्णराज भामले बताएका छन ।

यस तालीममा उहाले भन्नु भयो बाहीर बाट आउने बिभीन्न कीसीमका बीउ बीजन र रसायनीक बिषादीले डोल्पामा परापुर्ब काल देखि गदै आएको तरकारी र अन्नबाली बिस्तारै लोभ हुने अवस्थामा भएको हुदा यसको संरक्षण गर्न तिर सम्पुर्ण कृषक, स्थानिय जनप्रतिनिधि, युवा ,सरकारी वा गैह सरकारी निकाय एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार