ओलम्पिक लगायत ठूला प्रतियोगितामा नेपाली खेलाडीले किन राम्रो खेल प्रदर्शन गर्न सक्दैनन् ?

  डिएन घिसिङ  2231 पटक हेरिएको

डिएन घिसिङ

खेलकुद सम्वृद्धिको मापन गर्ने माध्यम पनि हो। जब अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छ तब खुट्टा तन्काएर मात्रै हुदैन भन्ने उक्तिलाई ख्याल गर्नु पर्ने बेला आएको छ।एसियाली ओलम्पिक काउन्सिलको आयोजनामा हुने बृहत १८औ एसियाली गेम्सको लागि राज्यले ठूलो लगानी गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको १०९ औं बोर्ड बैठकले आगामी अगस्टमा १८देखि सेप्टेम्बर २सम्म इन्डोनेसियामा हुने १८ ‌‍औं एसियन खेलकुद (एसियाड) मा नेपालले प्रतिस्पर्धा गर्ने २७ खेलका खेलाडीले सहभागिता जाउने प्रस्ताव गरिएको थियो । तर कोषाध्यक्ष लगायतका बोर्ड सदस्यले केहि खेल हचुवाको भरमा प्रस्ताव गरिएको भन्दै विरोध गरेका थिए। त्यसपछि खेलकुद मन्त्री विश्वकर्मा रहेको ५ सदस्यीय समिति गठन गरिएको छ । समितिलाई एसियाडमा सहभागी हुने खेलको टुंगो लगाउने अधिकार प्रदान गरिएको थियो । २७ खेलका खेलाडी, प्रशिक्षक मात्रै २४०जनाको लस्कर तयार गरिएको छ ।

करोडौ लगानी गरेको खेलमा पदक भन्दा पनि अनुभव मात्रै बटुल्ने अधिकाम्स खेलको दाउ रहेको छ । यस अगी एसियाली गेम्शमा नेपाली खेलाडीबाट प्राप्त गरेको इतिहास लाई निरन्तरता दिन पदकका लागि चिठ्ठा परोस भनेर कामना गर्ने बाहेक स्पष्ट सम्भावना कम रहेको खेल बिश्लेशकहरु तर्क गर्छ्न। राज्यको खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद हो ।

अन्तर्राष्ट्रिय सहभागीताको ग्यारेन्टी भने नेपाल ओलम्पिक कमिटिले गर्छ । तर, यी दुवै संस्थासँग दीर्घकालीन योजना छैन । कान्तिपुर दैनिकका खेलपत्रकार राजु घिसिङ भन्नू हुन्छ ,केहि योजना नल्याएका पनि होइनन् तर अध्ययन बिना ल्यइएका ती हावादारी योजना नारामै सीमित भए । दुवै संस्थाका नेतृत्व रिबन काट्न र पुरस्कार बाँड्नमै व्यस्त हुन्छन् । उनीहरु काम गर्नेभन्दा भाषण दिनेमै जोड दिन्छन् । खेल संघका नेतृत्वमा पनि कुनै भिन्नता छैन । उनी भन्छन । ओलम्पिकमा सफल खेलाडीहरु राज्यको दीर्घकालीन योजनाबाट उत्कृष्ट बन्ने गरेका छन् । खेलमा अब्बल देशहरुमा ओलम्पिकको लागि चार वर्षे योजना बनाएर खेलाडीलाई त्यसैअनुसार प्रशिक्षण र प्रतियोगितामा अवसर दिइन्छ ।

ओलम्पिकलगायत ठूला प्रतियोगितामा नेपाली खेलाडीले किन राम्रो खेल प्रदर्शन गर्न सक्दैनन् ? किन जित्न सक्दैनन् ? हामीले ओलम्पिक पदक जित्ने हिम्मत कहिले गर्ने ? सम्बन्धित निकायमा रहेकाहरु ओंठे जवाफ मात्र दिन्छन् तर सुधार गर्ने प्रयास गर्दैनन् । तेक्वान्दो र ओलम्पिक सम्बन्धि जानकार राख्नेहरुको लागि बिधान लामा नौलो नाम होइन । सन् १९८८ सउल ओलम्पिकमा नेपाललाई पहिलो पटक पदक दिलाउन सफल बिधान लामा अहिले इतिहास बनिसकेका छन्। तर, त्यसबेला तेक्वान्दो प्रदर्शनी खेलको रुपमा समावेश गरिएको थियो ।

ओलम्पियन लामा भन्नूहुन्छ ब्याबस्थापन र प्राबिधिक नङ्ग र मासु जस्तो समन्ध हुनुपर्छ , तब तेहि तालमेलले पदकको लागि खेलाडीलाई हकदार बनाउन सकिन्छ। नेपाली खेलाडी पहिलोपटक सन् १९६४ (टोकियो) मा गृष्मकालीन ओलम्पिकमा सहभागी भएको थियो । त्यसको चार वर्षपछि मेक्सिको सिटीमा भएको ओलम्पिक भने नेपालले खेलेको थिएन । रियो ओलम्पिक (२०१६) नेपालको लागि १३ औ संस्करण हो । तर, ५२ वर्षे ओलम्पिक यात्रा नेपालको लागि सहभागीतामा सीमित हुँदै आएको छ ,नेपाली ओलम्पियनको संख्या १ सय पुग्न लागेको छ । छनोट भएरै ओलम्पिक खेलेका तेक्वान्दोका संगीना वैद्य (एथेन्स/२००४) र दीपक विष्ट (बेइजिङ/२००८) मात्र हुन् । खेलकुद सम्वृद्धिको मापन गर्ने माध्यम पनि हो । त्यसैले त बेलायतले एक ओलम्पिक पदकको लागि ५५ लाख पाउन्ड (करिब ७२ करोड रुपैयाँ) लगानी गरेको हो । त्यसको लागि उसले चिट्ठा नै सञ्चालन गरेको थियो । छिमेकी भारतले जितेका २ पदकमा अर्ब बढी नै लगानी गरेको थियो । चर्को राजनीति परिषदमा कुनै निश्चित खेलको मात्र होइन, राजनीतिक दलको झण्डा बोकेको आधारमा पनि संघ दर्ता गरिन्छ । बोली बिक्ने दलका नेता–कार्यकर्तालाई नभेटी दुर्लभै काम हुन्छ ।

दलकै संरक्षणमा गुण्डागर्दीका नाइके पनि खेलकुदमा नेता हुन थालेका छन् ।परिषद र ओलम्पिक कमिटिले खेल संघहरुलाई आ–आफ्ना प्रभावका व्यक्ति र राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बनाइरहेका छन् ।। परिषदमा सदस्यसचिव जुन पार्टीका हुन्छन्, त्यसैले खेलकुद चलाउँछन् । सदस्यसचिवको कार्यालयमा खेलसम्बन्धी व्यक्तिभन्दा राजनीतिक कार्यकर्ताको भीड बाक्लो हुन्छ । समस्याको बीजारोपण पनि त्यहीबाट सुरु हुन्छ । अहिले परिषद र ओलम्पिक कमिटिले नेपाली खेलकुदमा ‘सिण्डीकेट’ बनाएर ‘निषेधको राजनीति’ गरिरहेका छन् । नेपाल क्रिकेट संघको विवाद त्यसको ज्वलन्त उदाहरण हो । व्यक्ति–व्यक्ति र पार्टी–पार्टीको द्वन्द्वले नेपाली कराते ‘ध्वस्त’ भएको छ भने तेक्वान्दो पनि ओरालो लागेको छ । चाकडी–चक्कर एसियाली खेलमा तयारीमा रहेका कुरा  खेलका एक खेलाडीलाई ‘ट्रेनिङको लागि तयार होऊ’ भन्दा उनले ‘तिमीले प्रशिक्षक हुन के जानेका छौ भनेका थिए ।

वास्तवमा प्रशिक्षक बनेर गएका ती व्यक्ति सोहि खेलका भन्दा पनि जुडो खेलका परिचित थिए, कुराश खेल कहिल्यै प्रशिक्षण लिएका थिएनन् । उनलाई भनसुनकै भरमा एसियन गेम्शको कोचको लागि प्रशिक्षक नियुक्त गरेका थिए । अर्का एक पेन्कक सिलात मार्सल आर्ट्स खेलको हालत पनि उस्तै छ,कराते पृष्ठभुमि भएका खेलाडी र प्रशिक्षक छ ।

बक्सिङ,टेनिस लगाएताका खेलको हबिगत उस्तै देखिन्छ । ओलम्पिक कमिटिले छनोट गरेका यस्ता प्रशिक्षकको उपस्थितिले खेलाडीलाई उत्साहित बनाउँदैन बरु हतोत्साही पार्ने काम गर्छ । छनोट भएका खेलाडीलाई हेरिरहेका प्रशिक्षकलाई नै प्रतियोगितामा पनि पठाउने हो भने उसको प्रदर्शन अझ राम्रो हुनसक्छ । तर, पालो र चाकडीको चक्करमा ओलम्पिक कमिटि र परिषदले ‘आफ्ना’लाई मात्र मौका दिने गरेको छ । खेल सामाग्रीको अभावमा आधुनिक प्रशिक्षणबाट खेलाडी वञ्चित हुँदै आएका छन् । यस्तो माहोलबाट अब्बल खेलाडी आस गर्न सकिन्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार