डोल्पा । डोल्पामा अन्तर पार्टी महिला संजालको आयोजकमा ठुलीभेरी नगरपालिका ९ मतीपुरमा एक दिने कार्यक्रम भएको छ ।
डोल्पा जिल्लामा समाज भित्र छुवाछुत ,अन्धबिस्वास र भेदभाब रहित समाज र्निमाण सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको हाे ।
समाजमा भएका दलित ,पिछडा ,जनजाती ,आदिबासी, गरीब ,हरुलाई छउपडी , महिला हींसा ,महिला बलात्कार ,महिलाहरुलाई अन्याय,अत्याचार ,घरेलु हिंसा बिरुदको बारेमा सम्पुर्ण महिलाहरुले छलफल गरेका थिए ।
समाजमा भएका महिलालाई शुसासनको हक सम्बन्धी ,छउपडी ,सुत्केरी महिला ,दलित ,अपाङ्ग,असाय,हरुलाई त ठुलो म सानो भन्ने कुराको अन्त्य गर्नु पर्छ भन्ने बिषयमा छलफल भएको थियो । समाजमा जातिय बिवेद तथा महिला हिंसाले जरो गाडेको अवस्थामा यस्ता कार्यक्रमले केही हद सम्म जातिय बिवेद तथा महिला हिँसाका घटनाहरुमा कमि आउने स्थानिय बासिन्दा अन्जली डाँगीले बताइन ।
मानव जाति सबै एउटै हो तल माथि कोहि छैन सभ्य सामाजको निमार्ण हुनुनै समाज गाउँ परिर्वतन हुनुहो भनि महिला अगुवा उर्मिला बि.क र कार्यक्रमका प्रशिक्षक रन बहादु कार्कीले बताए ।