निरङ्कुस राजतन्त्रको साथै केन्द्रीकृत राज्य ब्यबस्थाको अन्त्य हुँदै आज संघीय लोकतान्त्रिक शासन ब्यबस्था अनि जननिर्वाचित प्रतिनिधि नेपाली जनताले पाउन सफल भएको छ । तर आदिवासी जनजाति उत्पीडित बर्ग,महिला, अल्पसंख्यक,सिमान्तकृत, दुखी गरिब क्षत्री बाहुन आदिको सुनुवाइ नहुनु बिडम्बना बन्न पुगेको छ ।
जनताले चाहेको जनताको गाउँ घरमा सिंहदरबारको खाका पुर्याउने लक्ष्यका साथै स्थानीय, प्रदेश, र केन्द्रियतहमा जनप्रतिनिधिको छनाैट, मन्त्रीमन्डल गठन र रास्ट्रपति उपराष्टपति निर्वाचन सप्पन्न भैसकेको छ । राजनैतिक पार्टीहरुले पहिचान सहितको प्रदेशको खोक्रो नामाङ्कारणको खोक्रो नारा तयार गरि जनतालाइ अल्मलाउदै एउटा भोट जित्ने हतियार बनाइ कार्यन्वयन गर्ने बेलामा चुकेकोछ।सोझा, इमानदारी र निमुखा आदिवासी जनजाति माथी राजनीतिकरण गर्दै इमानदारीपनको फाइदा उठाउएकोछ ।
एेतिहासिक मानव सभ्यता र जातिय बाहुल्यताका साथै आदिवासी जनजातिको थातथलो आदिम भुमिमा आज प्रदेशको नामाङ्करणमा अन्दाधुन्द जनताको चाहना र भावना बिपरित प्रदेश सभाबाट प्रस्तावित ४ न. प्रदेशको नामाङ्करण गण्डकी घोषणा गरिनु नै प्रदेश न. ४ भित्र बसोबास गर्दै आएका सम्पुर्ण गुरुङ र मगर लगायत आदिवासी जनजाति र प्रगतिशील सोच भएका क्षत्री र ब्राह्मण समुदायको आपत्तिको विषय भएकोछ। प्रदेश न.४ भित्र पर्ने बाग्लुङ, गोर्खा, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, नबलपुर, पर्बत, स्याङ्जा र तनहुँ यी ११ जिल्लामा(प्रदेश न.४) कुल जनसंख्या २४,१३,९०७ रहेकोछ। जहाँ जातीय बसोबास जनसंख्या र सघन बस्तीको हिसाब गर्ने हो भने मगर र गुरुङ समुदायको बाहुल्यता ७५% भन्दा बढी रहेकोछ । यी समुदायबाट जननिर्वाचित जनप्रतिनिधिको पनि सम्बन्धित निकायमा आफ्नो समुदायको पक्षमा हकअधिकार ओकालत गर्न नसक्नु बिडम्बना बनेकोछ ।
आज प्रदेशको नामाङ्करणमा असन्तुष्टि जनाउँदै तमुवान- मगरात संघर्ष समिती, आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ, संघीय समाज फोरम, तमुवान-मगरात प्रादेशिक समिती,नयाँ शक्ति पार्टी नेपाल, नेपाल तमु प्रदेश समिती, देशभक्त जनगणतान्त्रिक मोर्चा, बुद्धिजीवी बर्ग लगायत विभिन्न संघ संस्था सबै-सबैले ऐक्यबद्धता जनाउँदै चेतावनी स्वरुप दबाबमुलुक कार्यक्रमहरु भइरहेकाछन ।
संघीयताको मर्म, राज्यपुनर्संरचनाको आधार र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्ने क्रममा तमुवान-मगरातको बिरुद्धमा आदिवासी जनजातिका नेता भनाउदाहरु पार्टीको झोले र धुपाैरे नबनुन। आफ्नो माैलिक पहिचान र सस्कृतीलाइ नस्ट नगरिउन । रामसंग राबण त्यत्तिकै हारेको होइन किनकी राबणको भाइले रामलाई साथ दिएको थियो।यदि कोहि कसैले (आदिवासी जनजाति या गैर आदिवासी जनजाति ) यस्ता किसिमको धोकेबाजी कार्य गर्छ भने ति नेताहरुको नाम ति नै दुखी गरिब र आफ्नो हकअधिकार र पहिचान र प्रगतिशील सोछ भएका जनताहरुले नाम टिप्पणी गरेर राख्नेछ। जनताले चाहने हो भने ति नेताहरूलाई पदमुक्त गर्न सक्छन ।
खबरदार यदि जनताको अमुल्य भोट्को अपमान गर्ने चेष्टा अझैपनी गर्छन भने भोलिको दिनमा जे पनि हुनसक्छ अहिलेलाइ पदको घमण्ड नगरियोस् । तसर्थ, तपाईं हामी जुनसुकै राजनैतिक आस्था बोकेर उठ्नु भएपनि आफ्नो पहिचान र अधिकारको निम्ति डटेर लागाै,हाम्रो आन्दोलन र मागलाई पूरा गरेर छोडाै ।
लेखकः अादिवासी जनजाति युवा महासंघ काठमाडौं अध्यक्ष हुन ।