पाल्पामा बस दुर्घटनाः २६ घाइते २ काे अवस्था गम्भिर

  Manaslu Post  1091 पटक हेरिएको

काठमाडौं : पाल्पाको भालेबासमा बस  एक अापसमा ठाेक्किए दुर्घटना हुँदा  २६ जना घाइते भएका छन् ।

बुटवलबाट पोखरा गइरहेको लु १ ख ७२७२ नम्बरको बस र पाल्पाबाट बुटवल गइरहेको लु १ ख ८१२७ नम्बरको बस पाल्पाको भालेबासमा दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएको २६ जनाको उद्दार गरिएको र अन्यको उद्दार भइरहेको जनाएको छ ।

घाइतेलाई उपचारका लागि लुम्बिनी मेडीकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते मध्ये दुइकाे अवस्था गम्भिर रहेकाे जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार