प्रेम र वियोगान्तमा सोनाम ग्याल्मो

  डिएन घिसिङ  1115 पटक हेरिएको

 

डिएन घिसिङ

नाटकको सुभारम्बमा मन्चन गर्दा जब कथा मुलधारमा प्रबेश गर्छ।सोनाम र ग्याल्मोको जोडी बिजोड प्रेममा फक्रन्छ।गाउँमा तिनपाने रक्सी पार्ने देखी लिएर बनजगलमा घाँस दाउरा सगसगै गर्दा त्यो क्षण जिबन्त देखिन्छ ।

प्रेम र वियोगान्तमा आधारित जहानियाँ राणा शासनको जग बसाउने जंगबहादुरको जीवनको उत्तराद्र्धसित जोडिएका यी पात्रहरूमा तामाङ इतिहास र मुलुकी ऐनमा कुनै बेला जार काट्ने प्रावधान शिल्पी थिएटरमा आज सोनाम र ग्याल्मो नाटक सप्पन्न भयो। त्यो कानुन बनाएका थिए उनै जंगबहादुरले । ‘जंगे कानुन सबैले जानुन्’ नाटकमा कुर्लिन्छ जंगबहादुर । तर, भेष बदलेर उनकै सिकार क्याम्पको अस्थायी दरबारमा पुगेका सोनामले ‘कानुन पालन’ गर्न खोज्दा के हुन्छ ? कवि एवं नाटककार फूलमान वलले नाटकलाई नाटकीय शैलीमा जिबन्त दिने प्रयास गरेका छ्न।

आफ्नो जिबन अर्धागनीलाई जबर्जस्ति भगाएको र महाबिछोटमा भाबबिहल भएर सोनामले बद्लामा जंगबहादुरलाई सर्लाहीको पत्थरघट्टमा तामाङ जारले काटेको प्रसंगहरू रहन्छ । तामाङहरुको विवाह बन्धनमा बाँधिनु अघि तामाङ युवा–युवतीलाई माइती र जन्तीपक्ष दुवैमाझ राखेर कसम खाने र खुवाउने विधि हो चारदाम ।

यो विधिअन्तर्गत अन्तिममा ढोकामा भाले काटिन्छ, जसलाई जारको प्रतीक पनि मानिंदै आएको छ । कवि बिना थिङ्ग तामाङ भन्नूहुन्छ धेरै लामो समय बिति नसकेको भए पनि, मिथकजस्तै बन्नुपरेको यो जोडीको चुँडिएको खुसी इतिहास र तामाङ समुदायबीचको एक शक्तिशाली विम्ब हो ।उनले भनेकी छिन पीडादायी इतिहासको कथा भए पनि सांस्कृतिक सघनता र ताम्बा दर्शनको आलोकमा नाटक सजिएको छ । पुरानो समयको कथा आउँदा थिएटरमा खस्ने ‘घाम अस्ताउन लागेजस्तो समयको घुर्माइलो प्रकाश’ र तामाङ समुदायले भोग्नुपरेको विगतबीच ठूलो सम्बन्ध छ ।

नाट्यकलाकार फुलकुमार तामाङले अभिनयको अन्त्यतिर ताम्बाको भुमिकामा भनेका छ्न”हामीले सुनेका हौ पू्र्खाले भन्दै पनि आएको हो जार काट्ने तामाङ नै हो।अन्य किबदन्तीहरुमा पनि आआफ्नै ब्याख्या छ्न।” राजधानीको सिल्पा नाट्यसालामा उपप्रधानमन्त्री एब रक्षामन्त्री ईस्वर पोखरेलको आतिथ्यमा भएको समापन कार्यक्रममा कलाकारहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार