मौरीबाजामा रमाउँदै लाेक गायक राम रसाइली (भिडियाे सहित)

म्युजिक भिडियाे, फिल्म, डकुमेँट्री हेर्नको लागी आजै MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  4537 पटक हेरिएको

मौलिक लोक संगीतको दुनियामा नेपाली दर्शकहरुको मनमा बास बस्न सफल क्रियासिल बहुप्रतिभाका धनि राम रसाइली आजभोली मौरीबाजाको संरक्षण र प्रचार प्रचारमा बेष्ट रहदै आएका छन ।
धौलागिरी गाउपालिका ४ म्याग्दीमा जन्मिएका राम रसाइली स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा गीत गाउने र मौरीबाजा बजाउने गर्दथे भने प्रतियोगीतामा भाग लिएर पुरस्कृत भएरै छाड्थे ।
देशका बिभिन्न कार्यक्रमहरुमा प्रस्तुती दिएका राम रसाइलीले दलाल बनेर दोहोरी गीत रेर्कडिङ गरि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । जुन गीत सर्वाधिक चर्चामा रहेको थियो ।
मौरीबाजाका सर्जक राम रसाइलीले चौतारीको बर पिपल, सँगै जिउने कसम, रुन्छु रातिमा, रुखो बचन लाउछिन सासुले, फुल टिप्दा घोच्यो काँडैले, अभिजाले माया जस्ता चर्चित गीतहरु बजारमा ल्याइ सकेका छन । उनि मौरीबाजा बजाउन निकै खप्पिस छन भने मौरीबाजा आफै बनाउदै आइरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार