दुनै (डोल्पा) ३१ असार । हिमाली जिल्ला डोल्पामा ठुलीभेरी नगरपालिकाका दुई नगरसभा सम्पन्न भएका छन् ।
आईतबार सदरमुकाम दुनैमा नगर उपप्रमुख योगेन्द्र बहादुर शाहीको अध्यक्षतामा ठुलीभेरी नगरपालिका दोस्रो नगर सभा घोषणा सम्पन्न भएको हो । नगर उपप्रमुख योगेन्द्र बहादुर शाहीको अध्यक्षतामै २४ असारमा उद्घाटन गरिएको नगरसभा आठ दिनपछि आईतबार घोषण गरिएको हो ।
संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयको पत्र अनुसार जिल्ला समन्वयको कार्यालयमा दुबैतर्फलाई नगरसभा सम्पन्न गर्न अनुरोध गरेकाले सोही पत्रलाई आधार मानेर समन्वयकै हलमा सम्पन्न गर्न जुफाल पक्षलाई खवर गरिएता पनि एकतर्फी हिसाबमा नगरसभा सम्पन्न गरेको दुनै पक्षको आरोप छ । यदि केन्द्रबाट पत्र नआको भए २५ गते भित्रै नगरसभा सम्पन्न गर्ने थियौ नगर उप प्रमख शाहीले भने ।
कुल ५२ जना नगरपार्सद मध्ये २६ जनाको उपस्थिति सहित ठुलीभेरी नगरको दुनैतिरको नगर सभाले २७ करोड २२ लाख २४ हजार आठ रकमको बजेट प्रस्तुत गरेको हो ।
जसमा राजश्व बाट ४ करोड १८ लाख ९३ हजार बजेट निकाशा भएको छ,अनुमानित राजश्व १ लाख ५० हजार अनुमान छ ।योजनामा ६ करोड ९१ लाख ५२ हजार छुट्याईएको छ भने शसर्त अनुदान अन्तर्गत १६ करोड,१० लाख ४८ हजार बजेट प्रस्तुत गरिएको हो ।
आईतबार २६ जना नगर पार्सद सहित दोस्रो नगरसभा सम्पन्न भएको नगर उप्रमुख शाहीले बताए ।
तर हाल नगरको केन्द्र कायम गरिएको जुफालमा पनि २७ असारमा नगर सभा सुरु भई २९ असारमा सम्पन्न भएको थियो ।
जुफाल केन्द्रले आगामि आर्थिक बर्ष ०७५/०७६ को चाुल र पुजिगत तर्फ गरि कुल बजेट २८ करोड ९१ लाख ८५ हजार बराबरको बजेट बिनियोजन गर्दै सम्पन्न गरेका छन ।
नगरपालिकाको ५१ सदस्यमा २७ सदस्य सहितको बहुमत सदस्यको संख्याले नितितथा कार्यक्रम पारित गरेको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए ।
यता दुनै केन्द्रका पक्षमा २५ जना सदस्य रहेको तर नगरकार्यपालिकाका २१ सदस्य मध्य १३ जना उपप्रमुखको पक्षमा रहेकोले दुनैमा पनि उपप्रमुखले ३१ गते नगरसभा गर्ने तयारी भएको छ ।
यता नगर उपप्रमुख शाहीले जाँलसाँची निर्णय गरेर नगरको केन्द्र रातारात जुफाल सारेको बताए । कुनै हालतमा सत्यको जितहुने भन्दै ठुलीभेरी नगरपालिकाका जनतालाई धैर्य गर्न समेत आग्रह गरे ।
तर नगर प्रमुख गणेश बहादुर शाही भने कुनै जालसाँची नभएर असार ३१ गतेको निर्णय अनुसार दुनैबाट जुफाल सरेको र ७४ फागुन १४ गते राजपत्रमा प्रकाशित भएको बताए ।
केन्द्र बिबादको कारण गएको फागुन महिनादेखि ठुलीभेरि नगरपालिकामा योजनाका काम भन्दा आन्दोलन र बहुमत आफनो पक्षमा राख्न नजप्रतिनिधिहरु तल्लीन रहेको नागरिकको गुनासो रहेको छ ।
केन्द्रको बिबादका बिचमा नगरप्रमुख शाहीले नया आर्थिक बर्षको निति तथा कार्यक्रम पारित गर्नको लागि बारमबार पत्राचार गरि पहल गरेपनि दुनै पक्षका जनप्रतिनिधि नआए पछि जुफाल केन्द्रमा नगरसभा सम्पन्न गरेको नगरप्र्रमुख गणेशबहादुर शाहीले बताए ।
कार्यपालिकाका बहुमत सदस्यले पारित गरेको निति तथा कार्यक्रमलाइ नगरसभामा प्रस्तुत गरिने र कानुन संगत मान्य हुने भन्दै जुफालमा २९ गते भएको नगरसभा ऐन बिपरति भएको दुनै केन्द्रका जनप्रतिनिधिहरुको आरोप रहेको छ । ्
यता नगरप्रमुख शाहीले भने बहुमत सदस्यहरुको उपस्थितिमा नगरसभा भएकोले कानुनसंगत भएको दावी गरेका छन ।
उनले भने उपप्रमुख सहति नगरका सबै सदस्यहहरुलाइ बारमबार पत्राचार गरेको तर पत्र नै नबुझेपछि अन्तत बहुमत सदस्यले नगरसभा गरेको बताए ।
घरघरमा सिंहदरबार आउला र सिँहदरबारको सेवा पाउला भन्ने आसामा मतादान गरि नितएका जनप्रतिनिधिनै पदिय भागबण्डामा लागे पछि नगारिकका आसा निरासमा परिणत भएको स्थानीयहहरु बताउछन ।