जनजातिको मुक्तिको नारा लगाउन नथाक्ने कम्युनिष्ट नेतृत्वको सरकारले के दियोः पौडेल

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  1480 पटक हेरिएको

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकारले कामै नगरेको दावी गरेका छन् ।

उनले आदिवासी जनजातिहरुको मुक्तिको नारा लगाउन नथाक्ने कम्युनिष्ट नेतृत्वको सरकारले के दियो भनि प्रश्न पनि गरे ।

बिहिबार २४ औं विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मधेशवादी दलहरु सत्ताको लोभमा फस्दा पनि नेपालमा मधेशी जनताको मुक्ति सम्भव नभएको आरोप पनि लगाए । मधेशको विरोधी भनेर विरोध गर्नेहरु अहिले आएर प्रधानमन्त्री केपी ओलीसँग सत्ताका लागि लम्पसार परिरहेको वरिष्ठ नेता पौडेलको आरोप छ ।

कांग्रेस नेता पौडेलले आफ्नो पार्टी द्वन्द्व मेटिने गरी सबै जातजातिहरुको पहिचान स्थापित गराउने पक्ष दृढतापूर्वक उभिरहेको दावी पनि गरे।

कार्यक्रममा बोल्दै राजपा नेपालका नेता राजेन्द्र महतोले आदिवासी र मधेशीहरुलाई अधिकार प्राप्तीका लागि एकतावद्ध भएर अघि बढन आह्वान गरे। आदिवासी, जनजाति, मधेशीलगायतका जनताहरु एकतावद्ध नभएका कारण उनीहरुले उत्पीडन व्यहोर्नु परेको उनको तर्क थियो ।

नेता महतोले जनतालाई अधिकार सम्पन्न बनाउन शोषित पीडित समुदायले अधिकार प्राप्तीको आन्दोलनलाई अघि बढाउन बलियो एकतामा जोड दिनुपर्ने पनि स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार