तेस्रो विश्वयुद्ध निम्त्याउँदै अमेरिका ! शक्ति राष्ट्रहरु विभाजित

  Manaslu Post  1113 पटक हेरिएको

काठमाडौं, २५ चैत । सिरियामा विद्रोहीको कम्जामा रहेको शहर इडलिवमा ‘रासायनिक’ हमलामा कम्तीमा ८० जनाको मृत्यु भयो, मृत्यु हुनेमा केही बच्चा समेत थिए ।

सयौंको संख्यामा छाला जलेर गम्भीर घाइते भएका छन् । विपक्षी दल तथा पश्चिमी मुलुकले रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको बताएका छन् ।

सिरियाको सेनाले भने रासायनिक हमला भएको भन्ने कुरा अस्वीकार गरेको छ । सिरियाको साथमा रहेको रसियाले सिरियाली सरकारको बचाउ गर्दै एक डिपोलाई लक्षित गरी उक्त आक्रमण भएको र उक्त डिपो रासायनिक हतियारले भरिएको बताएको छ ।

त्यो दिन के भएको थियो ?

गृहयुद्धमा रुमल्लिएको सिरियाको इडलिव शहरमा मंगलवार जुन घटना भयो, त्यो एकदमै दुखद र मुटु विझ्ने खालको थियो । जमिनमा कुनै शव छरपष्ट थियो भने कयौंको मुखबाट फिँज निस्किरहेको देखिन्थ्यो ।

कसैको विचल्ली, कसैको चिच्चाहट त केही ब्यक्ति आफ्नो बच्चालाई काखी च्यापेर अस्पताल तर्फ भागिरहेका थिए ।
द सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सकाअनुसार खान शैखुनमा सिरियाली सरकार तथा रुसी लडाकु विमानको हमलामा केही ब्यक्तिहरु जलेको छन् ।

राहत तथा उद्धारकमीकाअनुसार विषालु ग्यासले जलेर घाइते सयकडौं नागरिकहरु अस्पतालमा भर्ना भएका छन् ।

मंगलबार भएको उक्त ‘रासायनिक’ हमलामा २७ बाल बालिका तथा १९ महिलासहित ८४ जना मारिएको इडलिब प्रान्तमा विद्रोही लडाकुद्वारा सञ्चालित समूहले दाबी गरेको छ । उक्त समूहकाअनुसार ५ सय ४६ जना घाइते छन् ।

विश्व स्वास्थ्य संगठनकाअनुसार उक्त हमलामा यस्तो रासायनिक हतियार प्रयोग भएको छ कि, जसका कारण नागरिकले श्वास फेर्न समेत एकदमै मुश्किल परिरहेको छ ।

सिरियाली सरकारले के भनेको छ ?

सिरियाली सरकारले भने सासायनिक हमला भएको कुरा अस्वीकार गर्दै आएको छ । सिरियाली सनाले बयानमा भनेको छ– उक्त हमलामा कुनै पनि रासायनिक हमला प्रयोग भएको छैन । आफूहरुले कुनै पनि रासायिनक हतियारको ब्यवस्था नगरेको उनीहरुको दाबी छ । सेनाले भविष्यमा समेत कुनै पनि किसिमको रासायनिक हमलाको योजना नरहेको बताएको छ ।

त्यो लडाइँमा सिरियाको साथमा रुस रहेका छ । रुसले दिएको एक बयानमा भनिएको छ– ‘सिरियाली सेनाले विद्रोहीको हतियार रहेको डिपोलाई लक्षित गरी आक्रमण गरिएका थियो, जहाँ ‘रासायनिक’ हतियार हुन सक्छ ।’

रुस र सिरियाका विपक्षी राष्ट्रहरुले सिरियाली सरकारलाई दोषी देखाउँदै रासायनिक हतियार प्रयोग भएको दाबी गरे पनि रासायनिक हतियारबाट आक्रमण भएको हो वा रासायनिक डिपोमा आक्रमण हुँदा यस्तो घटना भएको हो भन्ने अहिलेसम्म पुष्टी भइसकेको छैन ।

शक्ति राष्ट्रहरु विभाजित

अमेरिकाले मंगलबार भएको घटनालाई कारण बनाउँदै शुक्रबारदेखि सिरियामाथि भयानक आक्रमण थालेको छ । अमेरिकाले शुक्रबार विहानैदेखि एकाएक मिसाइल आक्रमण गरी युद्ध मच्चाएको छ ।

यो घटनाले शक्ति राष्ट्रहरु विभाजित भएका छन् । सिरिया समर्थित मुलुकले अमेरिकाको दादागिरी भनेका छन् भने सिरियाविरोधी राष्ट्रले खुलेर अमेरिकाको समर्थन गरेका छन् । फ्रान्स र जर्मनीले सिरियाली राष्ट्रपति बसर अल असद नै जिम्मेवार हुनुपर्ने भन्दै अमेरिकाको पक्ष लिएको छ भने रसियाले सार्वभौम राष्ट्रमाथि आक्रमण भनेको छ ।

अमेरिकाले सिरियामाथि आक्रमण जारी राखेमा रसियाले प्रतिवाद गर्ने संकेत गरिसकेको छ भने रासायनिक हतियारले सुसज्जित अमेरिका विरोधी राष्ट्रहरुले त्यसको जवाफ दिने सम्भावना पनि उत्तिकै छ ।

अमेरिकाले गरेको दर्जनौ मिसाइल आक्रमणमा परि सैयौंको हताहती भएको छ । अमेरिकाले विहानै गरेको मिसाइल आक्रमणमा ६ जनाको मृत्यु भएको सिरियाली सेनालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार