सुमधुर स्वरकी धनि कमला पुन

  मन बहादुर पुन  1968 पटक हेरिएको

मनास्लु पोष्ट
लोक संस्कृतिको उर्वर भुमि गैरीगाँउ ,५, रोल्पामा जन्मिएकी सुमधुर स्वरकी धनि कमला पुन विगत १५ वर्ष देखि निरन्तर विभिन्न महोत्सक,कार्यक्रमहरुमा आफ्नो सुमधुर स्वर प्रस्तुत गर्दै आइरहेकीछिन भने थूप्रै पुरस्कार र सम्मान—पत्र हात पार्न सफलभएकिछिन । राज कुमार ओलीको शव्द,लयमा तानसेनको बजार तिजको गीत रेकर्ड गरि औपचाकि रुपमा गायन क्षेत्रमा सक्रिय भयकी कमला पुन बसन्त थापाको शव्द,लयमा आज कता जाम लोक दोहोरी गीतबाट लाखौ लाख श्रोत्राको मन जित्न सफल भएकी छिन ।उनि सँग मन बहादुर पुनले गरेको सुर संवादः
आजभोली के गरिरहनुभएको छ ?
जीवनै लोक संगीतमा बित्यो,त्यो बाहेक केहि गरिएन ।राष्ट्रिय तथा अन्तराष्ट्रियमा हुने कार्यक्रममा गाँउछु ।नयाँ गीत बनाउदै छु । ओखर फोरम्ला टप्पा गीत रेर्कड सके बजारमा ल्याउमे तयारीमा छु ।
संगीत क्षेत्रमा कसरी लाग्ने सोच बन्यो ?
म जन्मेको ठाउँ रोल्पा मौलिक लोक संस्कृति र प्राकृतिक सौन्दर्यको खानी हो भन्दा फरक नर्पला । त्यहाँको वातावरणले नै लोक संस्कृतिमा लाग्न प्रेरित ग¥यो ।सानो छदा मेलापात रोधी तिर गाउँथे ।अलि ठुलो भएपछि स्टेज कार्यक्रममा गाउँथे । यसै गरि संगीतमै लागेर मौलिक लोक गीतको संरक्षण संवद्धन गर्ने सोच वन्यो ।
संगीतमा लामो समयदेखि हुनुहुन्छ । जीवनयापन चलिरहेको छ त ?
यो पश्नको जवाफ कसरि दिउँ ?कमला पुन भनेर धेरैले चिन्नुहुन्छ । धेरै ठाउँमा पुगेर गीत गाएकै छु । कमाइको कुरा गर्ने हो भने चाँहि उल्लेख गर्न लाएकको केहि छैन, दुःख सुःख चलेकै छ
कसका गीत बढि सुन्नुहुन्छ ?
मौलिकतापन बोकेका नयाँ पुराना सबै गायक गायिकाहरुका गीत सुन्छु ।
अन्तमा के भन्ुहुन्छ ?
सवै भन्दा पहिले मेरो मनको कुरा राख्न अवसर दिने हामी सवै नेपालीको आवाज मनास्लु पोष्टलाई धन्यबाद । लोक संगीत प्रेमी दर्शक श्रोताहरुमा मेरो गीत सुनेर सुझाव सल्लाह दिनूहुन आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार