मनास्लु पोष्ट—काटमाडौ । अग्रज श्रष्ट्रालाई सम्मान,नव प्रतिभालाई पोत्साहन भन्ने मुल नारा सहित मौलिक नेपाली लोक संगीतको संरक्षण,सवद्धन गर्न र कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यको साथ म्याग्दी कलाकार संघ काठमांडौले नव बर्ष २०७४ को अवसर सँगै यहि बैशाख १६ गते शनिवार १ बजेदेखि प्रज्ञा भवन कमलादीमा मोना आइ इ सी खड्ग गर्वुजा एकल लोक गायन कार्यक्रम आयोजना गरेको छ ।
हेर्दा हेर्दै कान्छीले सोले डाँडा कात्यो,त्यो रानी वनको, यानीयाया लगायत हजारौ गीतवाट चर्चा कमाएका बरिष्ठ लोक गायक खड्ग गर्वुजाको एकल लोक गायन कार्यक्रमलाई मुख्य प्रायोजन मोना आइ सी, सहप्रायोजन मोना नेडरल्याण्ड र सिड्नी अष्ट्रेलिया निवासी म्याग्देली परिवारले प्रायोजन गरेको छ । मोना आइ इ सी खड्ग गर्वुजा एकल लोक गायन कार्यक्रमलाई इमेज टेलिभिजनवाट प्रत्यक्ष प्रशारण गर्ने तयारी रहेको म्याग्दी कलाकार संघकी सदस्य नृत्याङ्गना एवं थालीनाचकी रानी सीता थापा (पाइजा)ले मनास्लु पोष्टलाई बताइन ।