मन बहादुर पुनको उपन्यास भेडिखर्क प्रकाशित हुँदै !

MANASLU TV मा subscribers गर्नुहोला ।

  प्रावती पुन  1840 पटक हेरिएको

प्रावती पुन

नेपाली पाठकहरुको बिचमा पछिल्लो समय संस्मरणात्मक उपन्यासमा उडाउदै गरेका मन बहादुर पुन भेडिखर्क संस्मरणात्मक उपन्यासको प्रकाशनमा जुटेका छन । प्रकृति,मानब र पशुपंछिसँग लामो समय मध्यपश्मिका हिमाली क्षेत्रमा बसेर अध्यान गरेका पुनले भेडिगोठालेको जिवनमा आधारित उपन्यास तयार गरेका हुन ।
सरसरती उपन्यासको पाण्डुलिपि पहिलै पढन पाउदा आफुलाई भाग्यमानी सम्झेकी छु अन्ततः उपन्यास निक्योलमा पुग्छ, भौतारिनु बरालिनु गलत मानिसको संगतमा पर्नु र बाटो बिराउनु पनि जीवनको खोज हो । पछुत्ताएर रोकिनु आवश्यक छैन यी सबैको पनि कारण र महत्व हुन्छ जीवनमा । दुखमा होस या सुखमा जीवनलाई रोक्नु हुदैन रोके सड्छ । बग्न दिनु पर्छ बगे संङग्लिन्छ यहि भन्छ भेडिखर्कले । मन बहादुर पुनको भेडिखर्क प्रकृति र मानवीय भावनाको बडो रोमाञ्चक चित्रण गरिएको उपन्यास हो । यस उपन्यासले युवाहरुको मन स्वाट्टै तान्ने छ । रुकुम रोल्पाका भेडिचरण क्षेत्रका स्वच्छ हिमतालको पानी जस्तै लेखक तरल बनेका छन । पहिलो भागमा ।

यस्तो लाग्छ लेखक प्रेम लेखिरहेका नभएर पे्रम गरिरहेका छन । र यही बोध पाठकलाई पनि हुन्छ । पाठकलाई लाग्छ आफनो जोडिको हात समाएर उ पनि भेडिखर्क वरपर नै छ । तर यो सुख स्थाई छैन । प्रेममा दुख बोकेर भेडिखर्क देखि घर फकिन्छ । र घर आउदा उनको त्यो कोमल हृदयको प्रेमी पात्र साइन्स, साहित्य र बुद्ध दर्शन जोडेर आविष्कार , अन्वेषण, सृजना र जीवनका रहस्य खोतल्न सक्ने भएर आएको हुन्छ । अर्थात दोस्रो खण्डमा भने उपन्यासमा जीवन र जगतका भित्री रहस्यहरु खोतल्ने प्रयास गरिएको छ । उपन्यास मनास्लु प्रकाशनले छाप्दै छ ।

२०५५ सालमा जाउँ त गाँउ घर लोक दोहोरी गीतबाट संगीतमा प्रवेस गरेका पुनले २०५८मा आँशुको पाईला कविता संग्रहबाट साहित्ययात्रा अगाडि बढाएका थिए । पुनका कविता संग्रह पछि आमा उपन्यास, प्रेमाभाष गजल संग्रह, सर्मपित उपन्यास,हजारी उपन्यास,त्रिनेत्र उपन्यास, बुकी उपन्यास,घाटु र सोरठी र एक तारा जीवनी संग्रह प्रकाशित भइसकेका छन भने उनले तिन दर्जन भन्दा बढि गीतमा स्वर शव्द संगीत गरेका छन र नौ वटा सांस्कृतिक फिल्मको कथा लेखन, निर्देशन गरेका छन ।

पुनले निर्देशन गरेको फिल्म तिम्रै हुँ म ।

Please click this video

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार