इटहरी : आदिवासी जनजाती युवा महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन सोमबार विभिन्न निर्णय गर्दै सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।
‘अधिकार, पहिचान, रोजगारी र एकताको लागी हाम्रो सक्रियता, आदिवासी जनजाति युवाहरुको साझा प्रतिवद्धता’ भन्ने मुल नाराको साथ सम्पन्न महाधिवेशनले ३९ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गर्नुका साथै ११ बुँदे इटहरी घोषणापत्र जारी गरेको छ ।
महाधिवेशले जिएस गुरुङ्गको अध्यक्षतामा नयाँ केन्द्रिय कार्यसमिति निर्वाचित गरेको हो । समितिका वरिष्ठ उपाध्यक्षमा जुनु पुन, संघीय उपाध्यक्षमा साङ्गे शेर्पा, महिला उपाध्यक्ष मा डोमा शेर्पा, सुचिउन्मुख उपाध्यक्षमा प्रभात खवासलाई निर्वाचित गरेको छ ।
त्यसैगरी पुर्वाञ्चल उपाध्यक्षमा बसन्त लिम्बू, मध्यामञ्चल उपाध्यक्षमा कुमार प्रधान, पश्चिमाञ्चल उपाध्यक्षमा राम थापा मगर, मध्यपश्चिमाञ्चल उपाध्यक्षमा मिलन श्रेष्ठ, सुदुरपश्चिमाञ्चल उपाध्यक्षमा उदय चौधरी निर्वाचित भएका छन् । महासचिवमा हेमन्त राई, उपमहासचिवमा सिद्धान्त थापा मगर र संगठन सचिवमा राजकुमार राई निर्वाचित भएका छन् ।
विदेश सचिवमा मुलिवा नाछिरिङ, संचार सचिवमा स्वागत तामाङ्ग, प्रशिक्षण सचिवमा किरण श्रेष्ठ, खेलकुद तथा अतिरिक्त सचिव दिपक गुरुङ्ग, कोषध्यक्षमा प्रदिप लिम्बू, सहकोषाध्यक्षमा अरुण राजवंशी निर्चवाचित भएका छन् ।
राष्ट्रिय संघीय सचिवालय सदस्यहरुमा धर्मराज गुरुङ्ग, भुपेन्द्र लिम्बु, विनोद राई, मञ्जु थापा मगर, श्याम चौधरी, टेकबहादुर कुलुङ्ग, काशीराम राजवंशी, कल्पना कुलुङ्ग, कमल हाङसाङरुवा, महेश्वर लिम्बू, राजकुमार राई (मिलन) , उमेश भुजेल, खिलबहादुर राना मगर, विजय लामा, मन बहादुर भुजेल, शितल श्रेष्ठ, आशबहादुर पुन मगर, मौसमकुमार थापा मगर, माया चाम्लिङ राई, अम्बिका लामा निर्वाचित भएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय अध्यक्ष जगत बरामको प्रमुख आतित्यता तथा संयुक्त राष्ट्रसंग आदिवासी जनजाति मामिला संम्वन्धि उपाध्यक्ष फुलमान चौधरीको विशेष आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न झाँकी साथै राष्ट्रिय कलाकारहरुद्वारा सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
महाधिवेशनमा आदिवासी जनजाति युवा महासंघ, नेपालमा आवद्ध एकल जातिय संगठन र मातहतका जिल्ला समितिहरुबाट एक सयष ५७ प्रतिनिधीहरुको उपस्थितीरहेको थियो ।
त्यस्तै महाधिवेशनले ११ बुँदे ईटहरी घोषणपत्र जारी गरेको छ । आफ्नो पहिचान र अधिकारका लागि विभिन्न संघर्षका कार्यक्रम निरन्तर अगाडि बढाउने लगायतका विषयहरु घोषणापत्रमा उल्लेख गरिएको छ ।
के-के छन् ११ बुँदे घोषणपत्रमा ?????
१. आदिवासी जनजातीहरुको पहिचान, अधिकार स्थापनाका लागि दृढताका साथ संघर्ष गरिनेछ ।
२. आदिवासी जनजातीहरुको न्याय हुने र सबै जनताको समान पहुँच र सहभागीता हुने ‘पहिचान सहितको संघीयता र संघीयता सहितको सविधान’ का लागि जारी गरिएको संविधान २०७२ को संसोधन गरी प्रदेशको सिमांकन पहिचानका ५ र सामर्थ्यका ४ आधारमा पहिलो संविधान सभाको राज्य पुर्नसंरचना आयोग र समितिले सिफारिस गरेको १०+१ वा १४ प्रदेशको बनाईनु पहिलो शर्त हो । तसर्थ घोषित स्थानीय तहको निर्वाचन अगाबै संसोधन गराउन र यही अपुरो संविधानले प्रत्यभुत गरेको स्वायत्त, संरक्षित र विषेश क्षेत्र निर्माणका लागि निरन्तर संघर्ष गरिनेछ ।
३. आदिवासी युवाहरुको स्वारोजगारका लागि विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरि स्थानीय स्रोत साधनहरुको परिचान गर्दै शिप मुलक कार्यक्रमहरु आयोजना गरिनेछ ।
४. आदिवासी जनजातीहरुको परम्परागत शिपसँग युवाहरुलाई जोड्दै व्यावसायिककरणका लागि कार्यक्रमहरु बनाइनेछ ।
५. आदिवासी जनजातीहरुसँग गरिएका सम्झौता र नेपाल सरकार पक्ष राष्ट्र भई अनुमोदन गरेका आइ.एल.ओ १६९ र युएनड्रिपका अधिकार सम्बन्धि सन्धी सम्झौतालाई पुर्ण रुपमा कार्यन्वयनका लागि जनचेतनाका अभियानहरु र सम्झौता कार्यन्वयनका लागि संघर्ष गरिनेछ ।
६. पहिचान मुखि आन्दोलन र आदिवासीहरुका पौराणीक सांस्कृतिक संरक्षणका लागि सचेतना स्वरुप राष्ट्रिय अभियान र कार्यक्रमहरु निरन्तर संचालन गरिनेछ ।
७. आदिवासी जनजाती युवाहरुलाई प्राविधिक, व्यावसायिक र भाषिक शिक्षामा पहल गरिनेछ ।
८. आदिवासी जनजाती युवा महासंघ, नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा स्थापित गराउनका लागि विभिन्न राष्ट्रिय संघसस्थाहरुसँग समन्वय र सहकार्य गरिनेछ ।
९. नेपाल सरकारको तथ्याङ्कमा उल्लेख भएका जातीहरु तर आदिवासी जनजाती सुचिमा नपरेका आदिवासी जनजातीहरुको सुचिकरणका लागि पहल कदमी गरिनेछ ।
१०. आदिवासी जनजातीहरुको प्रत्यक्ष सरोकार रहेको विश्व तापमान बृद्धि, जलवायु परिर्वतन, कार्वन उत्र्सजीकरण तथा प्रथाजनिक कानुनको बारेमा सशक्तिकरण कार्यक्रमहरुको आयोजना गरिनेछ ।
११. भ्रष्टचार, कालोबजारी, सामाजिक विकृति विसंगति विरुद्ध सुन्य सहनशिलता अपनाइनेछ ।