संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता

  राष्ट्रिसभामा स्थानीय जनप्रतिनिधिको मताधिकार कटौती गर्ने प्रस्ताव  648 पटक हेरिएको

२९ चैत, काठमाडौं । सरकारले चार महिनाअघि दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएलगत्तै मंगलवार साँझ नयाँ विधेयक संसदमा दर्ता गराएको छ ।

प्रदेशको सीमांकन हेरफेरका लागि सीमांकन आयोग गठन गर्ने र संविधानको धारा २७४ को प्रदेश सीमांकन फेरबदलसम्बन्धी प्रावधान नै संशोधन गर्ने गरी विधेयक दर्ता भएको हो ।

सरकारको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले मंगलबार साँझ संसद सचिवालययमा संविधान संशोधन विधेयक दर्ता गराएका हुन् । मधेसी मोर्चालाई समेत मनाउने गरी विधेयक दर्ता गरिएको सरकारले जनाएको छ ।

संविधान संशोधन विभिन्न ८ विषयमा गर्न खोजिएको छ । जसमा यसअघिको विधेयकमा रहेका ५ नम्बर प्रदेशको सीमांकन हेरफेर बाहेक अन्य विषय यथावत छन् । नागरिकता, भाषा र राष्ट्रिसभाको प्रतिनिधित्व सम्बन्धी व्यवस्था पहिलेकै विधेयक अनुसार यथावत राखिएको छ ।

राष्ट्रियसभाका सांसदको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखको मताधिकारलाई हटाउने नयाँ प्रस्ताव गरिएको छ ।

त्यसैगरी प्रदेश सभा गठन नभएसम्म त्यसको काम संघीय संसदल गर्ने व्यवस्था संसोधनमा थपिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार