बझाङ, चैत २९ । बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाईमा ७१ वर्षकी एकल महिला हंसादेवि उपाध्यायको हत्या भएको छ । उपाध्यायको शव सोमबार राति घरभित्र मुखका पट्टी र डोरीले हात खुट्टा बाँधेको अवस्थामा भेदिएको परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । उहाँको केही दिनअघि नै हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
गाई कराउन थालेपछि छिमेकीले खोजी गर्दा उहाँ मृत अवस्थामा घर भित्रै देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यलयले जनकारी दिएको छ ।
२०२४ सालमा उहाँका श्रीमानको निधन भएको थियो । उहाँका छोराछोरी थिएनन् । हत्यामा संलग्नले उहाँले नाकमा लगाएको सुनको गहना समेत लगेको प्रहरी जनाएको छ । घटनाबारे अनुसन्धान र हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।