अफगानिस्तानमा श्रृंखलावद्ध आक्रमण, तालिवानका एक कमाण्डर पक्राउ

  Manaslu Post  698 पटक हेरिएको

१८ फागुन, काठमाडौं । तालिवान लडाकुले अफगानिस्तानको राजधानी काबुलको प्रहरी हेडक्वाटरलगायत बिभिन्न स्थानमा श्रृंखलावद्ध आक्रमण गरेको छ । आक्रमणमा केही व्यक्ति घाइते भएका छन् ।

सरकारी सेनाको उच्च अधिकारीलाई उद्धृत गर्दै अलजजिराले जनाएअनुसार पूर्वी क्षेत्रमा बन्दुक, बमलगायतले आक्रमण भएको छ ।

तालिवान प्रवक्ताले ठूलो संख्यामा हताहति भएको दाबी गरे पनि यसको आधिकारिक रुपमा पुष्टी भएको छैन ।

प्रहरीका अनुसार एक आत्मघाती आक्रमणकारीले प्रहरी कार्यालय र सैनिक तालिक केन्द्र नजिकै कार बम विष्फोट गराएका थिए ।

कम्तिमा दुईजना आत्मघाती आक्रमणकारी हतियारसहित प्रहरी हेडक्वाटर भित्र छिरेलगत्तै दोहोरो आक्रमण भएको थियो ।

आक्रमणमा घाइते ६ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको ताल ओ बार्फाक जिल्लालाई तालिवानले कब्जा गरेको छ । सो क्षेत्र नियन्त्रणको लागि सरकारी सेनाले गरेको कारबाहीको क्रममा एक प्रमुख कमाण्डर कारी बहाउलिन पक्राउ परेको र उनका तीनजना सहयोगी मारिएका प्रहरी प्रवक्ता महफोजुल्ललाह अक्बरीले जनाएका छन् ।

त्यसैको प्रतिशोधमा तालिवान विद्रोहीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार