मगर जातिमा प्रचलित घाँटुनाच(भिडियाेसहित)

  मन बहादुर पुन  1108 पटक हेरिएको

मगर जातिमा प्रचलित घाँटुनाचकाे भिडियाे हेर्नुहोस् ।

घाँटु नाच विशेषत:  मगर जातिमा प्रचलित नाच हो । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच मातातिर्थ औशीदेखि मध्ये वैशाखसम्म नाचिन्छ । घाटु एक शास्त्रीय नाच हो । घाटु  मगरहरुको लोक संस्कृतिमा आधारित एउटा गिती नाटक हो । उनीहरुको प्रशिद्ध लोक नृत्य हो । यसको ऐतिहासिक किम्बदन्ती भने फरक फरक पाउने गरिएको छ । १६ औँ शताब्दीतिरका एक दम्पत्ति राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाटु नाचिन्छ ।

घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ । घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयबस्तु अनुसार आबश्यक संख्यामा छानिन्छ । उनीहरुलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरुको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याहरुको आँखा बन्द नभएसम्म देवीहरुको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मंगल चरणबाट गरिन्छ । इष्टदेवीहरुको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ ।

घाटु नृत्यमा वाद्य र साज श्रृगार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुदा गाउने कलाकार छ दर्शक समेत धुरुधुरु रोएको पाइन्छ । सति घाटुमा गुरुवाले गितवाटै मंगलचरण गरि घाटु देवता जगाउने , घाटुली चयन, सिंगार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्दछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार