८६ बर्षिय शेरचनको बैशाख ३ देखि सगरमाथा आरोहण सुरु

  मनास्लु पोष्ट  816 पटक हेरिएको

काठमाण्डौ,१ बैशाख । म्याग्दीको भुरुङ तातोपानीका ८६ वर्षीय पूर्व गोरखा सैनिक मीन बहादुर शेरचन पुनः विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

शेरचन बैशाख ३ गते देखि सगरमाथा चढ्ने तयारी सम्पन्न भएको मीन बहादुर शेरचन सगरमाथा आरोहणका संयोजक जित बहादुर घर्ती मगरले बताएका छन् ।

सगरमाथा आरोहणका लागि शेरचन ज्यू  बैशाख ३ गते आइतबार बिहान काठमाण्डौबाट हेलिकप्टरमा नाम्चे प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको उनले बताए।

सगरमाथा चढ्न लागेका ८६ बर्षिय शेरचनले राष्ट्रपति बिद्या देबि भण्डारीको हातबाट नेपालको राष्ट्रिय झण्डा समेत लिइसकेको उनले मनास्लु पोष्टसँगको कुराकानीमा भने ।

ज्येष्ठ नागरिक मध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लाग्नुभएका शेरचनले गत वर्ष सगरमाथा आरोहण गर्न सुरु गरे पनि वैशाख १२ गतेको भूकम्पको कारण आरोहण स्थगित गर्नुपरेको थियो ।

यसअघि २०६५ जेठ १२ मा ७८ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलो पटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भए पनि पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउराले सो रेकर्ड तोडेपछि अहिले पुनः रेकर्ड कायम गर्न शेरचन सगरमाथा चढ्न लागेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार