विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

काठमाडौं : विष्णु माझीको नयाँ गीत  ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक गरेकी छन् । सधैँझैँ यसपटक पनि माझीले आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन् । विष्णु माझीका गीत केवल नाचगानमा सीमित हुँदैनन्, तिनले नेपाली समाजका चेलीबेटीका गहिरा कथा र वेदना बोकेका हुन्छन् । ‘म त नराउरी’ ले पनि यही परम्परालाई निरन्तरता दिएको छ । गीतको भिडियोमा एक चेलीले बिदाइको ...

भरत परियारको तीज गीत ‘करिम’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक एवं सर्जक भरत परियारले ‘करिम’ बोलको तिज गीत ल्याएका छन् । गायक परियार र गायिका सुनितामी परियारको आवाज रहेको उक्त गीतको भिडियो भरतले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । आउँदै गरेको हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर यस गीत दर्शक स्रोतामाझ ल्याएको गायक परियारले बताए । गीतको शब्द र संगीत पनि गायक परियारकै रहेको छ भने रमेश सेन्चुरीले संगीत संयो...

देवी हमाल र मिना प्रसाईको ‘किन आउँछ पापी तीज’ सार्वजनिक

काठमाडौँ । गायिका देवी हमाल र मिना प्रसाईको स्वर रहेको मौलिक तीज गीत ‘किन आउँछ पापी तीज’ सार्वजनिक गरिएको छ । दुई दशकभन्दा बढी समयदेखि नेपाली गीतसंगीतमा समर्पित हमालकै शब्द, सङ्गीत गीतमा छ । भिडियोको निर्देशन संचारकर्मी सुमनकुमार श्रेष्ठले गरेका हुन् । भिडियोमा सञ्चिता शाही ठकुरी, मनोज विश्वकर्मा, चक्रबहादुर हमाल ठकुरी, तारादेवी ठकुरी, लक्ष्मी केसी, रानु खाँड, चेतनशील महिला विकास समूहका ...

नेपाल मगर बिधार्थी संघको आयोजनामा स्व. अरुण थापा मगर सांगीतिक कार्यक्रम हुने

मन बहादुर पुन काठमाडौ ।  नेपाल मगर बिधार्थी संघ, केन्द्रीय समितिको आयोजनामा नेपाली गीत संगीतका लोकप्रिय सदावहार गायक अरुण थापा मगरको सम्झनामा सांगीतिक कार्यक्रम हुने भएको छ । २६ औं अरुण स्मृति दिवस २०८२ को अवसर पारेर नेपाल मगर बिधार्थी संघ, केन्द्रीय समितिले स्व. अरुण थापा मगर स्मृति दिवस–सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने भएको हो । कार्यक्रम साउन ५ गते मंगलबार दिउँसो १ बजे राष्ट्रिय नाच...

पार्वती बिश्वकर्मा र जन्मत सुबेदीको स्वरमा “ओई माया ओई” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा जन्मत सुबेदीको नयाँ गीत “ओई माया ओई” सार्वजनिक भएको छ । यस गीतमा जन्मत सुबेदी र पार्वती बिश्वकर्माको स्वर रहेको छ भने जन्मत सुबेदी अनी संगीता अधिकारीको शब्द, जन्मत सुबेदी कै संगीत रहेको छ। यस गीतलाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ ...

“आठौै मनास्लु राष्ट्रिय अर्वाड – २०८१” सम्पन्न (फोटो फिचर)

काठमाकौ । सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको रुपमा देशको विभिन्न ठाउँमा पुगेर सत्य तथ्य समचार सम्प्रेसन गर्ने उद्देश्यका साथ सुरु गरिएको मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खबरको रफ्तार... मनास्लु पोष्टकोे आठौ बर्ष पुरा गरेको अवसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था स...

पोर्नोग्राफी मुद्दामा शिल्पा शेट्टीको घरमा छापा

पोर्नोग्राफी मुद्दामा राज कुन्द्रा तथा उनकी पत्नी बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा प्रवर्तन निर्देशालय (ईडी) ले छापा मारेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान ईडीको टोलीले कुन्द्राको घरपछि कार्यालयमा पनि छापा मारेको हो । यसबाहेक मुम्बई र उत्तर प्रदेशका करिब १५ ठाउँमा खोजी भइरहेको छ । मोबाइल एप्लिकेसन र अन्य माध्यममार्फत पोर्नोग्राफीको सर्कुलेसन पत्ता लगाइरहेको छ । राज कुन...

सङ्खुवासभामा घट्यो मादलको व्यापार

खाँदबारी : तिहार आउनै लाग्दा सङ्खुवासभाको खाँदबारीमा मादलको व्यापार घट्दो छ। केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाच गान गर्ने चलन थियो । तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी भैलो खेल्नेको थुप्रै समूह पाइन्थ्यो। तर आधुनिकतासँगै विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादलको महत्त्व कम हुँदै गयो। बिक्री पनि घट्न थाल्यो। डिजिटल गीतसङ्गीतको कारण मादल नै संकटमा पर्न थाल...

सृष्टि खड्का बनिन् मिस पोखरा

पोखरा । मिस पोखराको ११ औं संस्करणको ताज सृष्टि खड्काले पहिरेकी छन् । पोखरा काजीपोखरी निवासी खड्का मिस पोखरा–२०२४ घोषित हुँदै स्कुटर र नगद ५० हजार पुरस्कार जितेकी छन् । मिस नेपालमा समेत प्रतिनिधित्वको अवसर पाएकी उनले विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारिन् । मिस पोखरा खड्कालाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन पहि¥याइदिएकी थिइन् । यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे...

जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक

दमौली (तनहुँ), कात्तिक १० गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् । बन्दीपुरमा बसोबास गर्ने नेवार, मगर, गुरुङ, क्षत्री जातिका पोसाकमा सजिएर पर्यटक कौरा र चुड्कामा नाचेका छन् । स्थानीय होटल व्यवसायीको सक्रियतामा शुक्रब...