यस कारण हुन् लखन थापा मगर प्रथम सहिद

  -त्रिलोक सिंह थापा मगर  3282 पटक हेरिएको

-त्रिलोक सिंह थापा मगर

१) जङ्ग बहादुरको एकतन्त्रीय, निरकुंश तथा पारिवारिक शासन प्रणाली विरुद्ध वि.सं. १९२७ मा शखनाद गर्ने प्रथम शहीद लखन थापा द्वितीयले आफूले नेतृत्व गरेको विद्रोह एव विरोधको लक्ष्य तथा उद्देश्यहरू जनसमक्ष यस प्रकार राख्ने गरेका थिए ।

“जङ्ग बहादुरले नेपाल म्लेच्छलाई बेच्यो दुनिया त्राही त्राही पारिरहेछ ।

जङ्गेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हलका पार्नु पर्दछ । नेपालमा सत्ययुग फिराउ, जगदम्बा काली माताले मलाई बरदान दिएकी छिन्, भाइ हो तयार होऔं” (भीम भक्तमान सिंह २००५) जङ्ग बहादुरको तानाशाही शासन विरुद्ध गरिएको सशस्त्र विद्रोहको उक्त उद्देश्यहरू पूर्णरुपमा राजनैतिक परिप्रेक्षमा रहेको देखिन्छ । उदाहरणका लागि (क) लखन थापा द्वित्तीयले त्यही बेला देखि नै विदेशी हस्तक्षेपको विरोध गरेका थिए । (ख) जङ्ग बहादुरको हुकुमी तथा पारिवारिक शासन प्रणाली बाट जनता त्राही त्राही भइ सकेको हुदाँ सो प्रणालीमा आमूल परिवर्तन ल्याई “सत्ययुग” अर्थात प्रजातान्त्रिक व्यवस्थाको सिर्जना गर्ने ।

२) उपरोक्त लक्ष्य प्राप्तिका लागि उनिले मुख्यतः तीनवटा रणनीतिहरू प्रयोग गरेका थिए । (क) धर्म, पुर्नजन्म, अन्धविश्वास तथा मनोकामना देवी माथि प्रगाढ तथा अटूट आस्था र निष्ठा राख्ने तत्कालीन जनता एंव समाजलाई आफ्नो आन्दोलनको पक्षमा परिचालन गर्न गराउन देवी माताको वरदान प्राप्त भएको भनेर प्रचार गर्ने गरेका थिए । फलस्वरुप जनताको स्वतः स्र्फूत सक्रिय सहयोग एंव संलग्नता प्राप्त गर्न उनी सफल भए । (ख) जनताको सक्रिय सहयोग र सहायताको आधारमा व्राहम्ण, क्षेत्री गुरुङ्ग मगर तथा अन्य जातिको दुई हजार युवाहरूको जनमिलिशिया, आफ्नै किल्ला, शस्त्र अशस्त्र , खाद्यान्न तथा युद्धकलाको प्रशिक्षण समेतको व्यवस्था छोटो अवधिमा गर्न गराउन सफल भए । (ग) हुकुमी एंव तानाशाही शासनलाई ध्वस्त पार्न राजनीतिक संगठनको पनि आवश्यकता पर्दछ भनेर जोशमनि सम्प्रादायलाई राजनैतिक संगठन र राजनैतिक दलको रुपमा परिचालन गरे । साथै राजनैतिक चेतना सिर्जना गरे ।

३) यसै क्रममा इतिहासकार प्रमोद शमशेर राणाले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्, “राणाहरूको विरुद्ध यो पहिलो विद्रोह थियो । यसभन्दा पहिले कसैले राणाहरूको विरुद्ध औला उठाएको देखिएन ।” (इ.सं. १९९५) जङ्ग बहादुरको छोरा पदम जङ्गले आफ्नो पुस्तकमा लेख्नु भएको छ, “नेपालमा सुनौलो युग आरम्भ गर्ने लखन थापाको योजना थियो ।” (ई.सं. १९७०)यसै क्रममा लखन थापा द्वित्तीयलाई विद्रोही राजाको संज्ञा दिदै फ्रान्सेली विद्वान मेरी टिलौइनले आफ्नो कार्यपत्रमा उल्लेख गर्नु भएको छ, “सन् १८५७ को भारतीय सिपाही विद्रोहका विद्रोहीहरू संग सम्र्पक भए पछि उनीले आफ्नो राजनैतिक मोडेल योजनाको तर्जुमा गरेका हुन् ।” (इ.सं. २०००)

४) लखन थापा द्वित्तीयले नेतृत्व गरेको जनविद्रोह भन्दा पहिले तथा त्यस पछि पनि जंङ्ग बहादुरलाई मार्ने प्रयास भएको पाइन्छ । विशेष गरि सत्ताबाट च्यूतभएका चौतारी, काजी, भाई भरदारहरूले पुनः सत्ता प्राप्त गर्न, बदलाको भावना, पारिवारिक, व्यक्तिगत रीसइवी आकांक्षा र आवेशका कारणहरूबाट जङ्ग बहादुरको हत्या गर्ने गराउने असफल षड्यन्त्र प्रयास भएका थिए । राजा सुरेन्द्रको हत्या गरेर जङ्ग बहादुरलाई फसाउने षड्यन्त्र वि.सं. १९०२ मा वीरध्वज वस्नेतले गरेका थिए । त्यस्तै जङ्ग बहादुरको आफ्नो भाई बद्रिनरसिंह कुवर, काकाको छोरा जय बहादुर कुवर साथै करवीर खत्री तथा भोेटु सिंह बस्नेत आदिले पनि सक्ता प्राप्तिका लागि वि.सं. १९०७ उन्को हत्या गर्ने असफल योजना र षडयन्त्र गरेका थिए ।

५) सन् १८५१ को मुलुकीऐन लागु भए पछि जनजातिहरूको सामाजिक स्तर तल झरेको थियो । जनजातिहरू जङ्ग बहादुरको पारिवारिक एवं तानाशाही व्यवस्था बाट रुष्ट एंव असन्तुष्ट थिए । यसै क्रममा आदिवासी जनजातिका केही असन्तुष्ट युवाहरूबाट जङ्ग बहादुर राणाको विरुद्ध सैनिकहरूलाई विद्रोह गर्न उत्तेजित पार्न, जङ्ग बहादुरको हत्या तथा सत्ता पल्टाउन असफल प्रयास भएको थियो । सो प्रयासमा संलग्न, वि.सं. १९३३ मा सुकदेव गुरुङ्ग र श्रीपति गुरुङ्गको हत्या जङ्ग बहादुरको निर्देशनमा गरिएको थियो । वि.सं. १९३४ सालमा राणा शासनको विरोध गर्ने सुपति गुरुङ्ग भने पक्राउ पर्न सकेनन् । जनजातीका उक्त शहादत प्राप्त शहीदहरूको राज्यले यथोचित सम्मान गर्नु पर्दछ ।

६) सम्पूर्ण जन संख्याको तुलनामा दुई हजार युवाहरूको जन मिलिशिया तयार गर्न तथा राजनैतिक प्रशिक्षण प्रदान गर्न त्यसवेला सानो कुरा थिएन । जनताले लखन थापा द्वित्तीयलाई राजा सरह मान्न थालेका थिए । यसै सन्र्दभमा इतिहासकार रेग्मी अनुसार, “ लखन थापा द्वित्तीयको योजना राजा सुरेन्द्रको कान्छो भाईको छोरालाई राजा बनाउने रहेको थियो । कालान्तरमा आफै राजा बन्ने पनि थियो । (रेग्मी १९८०)

७) वर्तमान समयमा सेनामा जेष्ठता, शैक्षिक योग्यता आन्तरिक वैदेशिक प्रशिक्षण, नेतृत्व र कार्यदक्षताका आधारमा मुल्याङ्कन गरेर प्रायः पदोन्नति गर्ने चलन रहेको छ । जङ्ग बहादुरको हुकुमी शासन व्यवस्थामा वच्चा जन्मिदै जर्नेल, कर्नेल तथा कप्तान हुन सक्ने चलन थियो । जङ्ग बहादुर आफै कप्तान पदबाट प्रधान मन्त्रि भएको हुन् । कप्तान लखन थापा द्वित्तीय भारतको अलमोडामा प्रारम्भिक शिक्षा प्राप्त गरेका मगर जनजातिका युवक थिए । मगर पल्टनमा आफ्नो सामरिक क्षमता, योग्यता, अनुभव खस खुसियात उपयुक्त निर्णय तथा नेतृत्व गर्ने शीपको प्रदर्शन गरेको हुदाँ १४ वर्ष छोटो अवधिमा एउटा सिपाहीबाट कप्तान हुन सक्ने(वि.सं. १९२५) कुनै अप्ठ्यारो थिएन । हुकुमी शासनमा हुक्म नै पदोन्नतिको मुख्य आधार थियो । घर विदामा बसेर जनविद्रोहको रणनीति तर्जुमा गर्नु एउटा सिपाहीलाई चानचुने कुरा थिएन ।

छ सात वर्ष सम्म राणाहरूको विरुद्ध जनयुद्धको नेतृत्व प्रदान पार्न सक्ने लखन थापा द्वित्तीयको बारे इतिहासकार सूर्यमणि अधिकारीको भनाई यस प्रकार छ, “लखन थापा द्वित्तीयलाई नेपालमा जागरणका अग्रणी रुपमा प्राय ः विद्वानहरूले स्विकार गरेका पाउँछौ” (वि.सं. २०५४) अतः वैयक्तिक एंव व्यक्तिगत रुपमा विरोध र विद्रोह गर्नु भन्दा पनि स्थानीय जनतालाई प्रभावित पारी संगठनात्मक तथा योजना वद्धरुपमा सत्ययुग ल्याउने लक्षअनुरुप राजनीतिक रणनीति तयार पारि शसस्त्र युद्ध समेत गर्न तत्पर रही आठ आठ जनाले प्राण गुमाउन पुगेका घटनाको नायक लखन थापा द्वित्तीय नेपालको प्रजातान्त्रिक आन्दोलनको पहिलो सहादत प्राप्त गर्ने शहीद(वि.संं. १९३३) हुन ।
७) जन् दबाव ले गर्दा राज्य ले उनीलाई प्रथम शहीद घोषणा गर्यो /तर राज्यको विभेदपूर्ण नीतिले गर्दा आज सम्म उनलाई उपुक्त र उचित सम्मान दिया को देखिन /
सरकारी छापा मा तथा सरकारी सहिद दिवस मा जामा चार जना सहिद को तस्विर देखिन् छन् / प्रथम सहिद लखन थापा को फोटोखोजादा पनि कतै भेटिदैन ? प्रथम सहिद को सम्मान मा सरकारी बिदा पनि छैन /जसले प्रथम पटक प्रजतन्त्र को बिउ रोपों नेता हरु ले फल खाँदै छन् तर उनि महान प्रथम सहिद लाई भुल्दै छन् / यहि हो यहाँ को चाला ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार