
काठमाडाैं । नयाँ पुस्तामा बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला रोल्पाका टेक बहादुर पुनले बाजाको संरक्षण अभियान थालेका छन ।
आधुनिक बाजामा बजाउदै वान मेन वान ब्यान्ड नेपालको पहलमा थालिएको अभियान एक्लैले बिभिन्न थरिको बाजाहरु नेपालका मौलिक गीत प्रस्तुत गरि अन्तराष्ट्रिय रूपमा प्रचार गर्ने उदेश्य रहेको छ ।
वान मेन वान ब्यान्ड नेपालका सञ्चालक टेक बहादुर पुनले बिभिन्न बाजाको संरक्षणका लागि उक्त बाजालाई संगीतको रूपमा प्रयोग गरी लोकभाकामा आधारित गीत समेत बनाइएको बताए ।
नेपालमै पहिलो पटक फरक किसिमको संगीत यात्रा संगै नेपालको बिभिन्न्न पर्यटकीय स्थल, एैतिहासिक स्थल, धार्मिक स्थल, सांस्कृतिक संरक्षण संगै पर्यटन पर्बर्दनको लागि One Man One Band Nepal को माध्यमबाट टेक बहादुर पुनकाे प्रस्तुती हेर्नसकिन्छ ।
टेक बहादुर पुनकाे लाइभ बाजा हेर्न तलकाे भिडियाे क्लिक गर्नुहाेस ।

2935 पटक हेरिएको 

