मगर समुदायले दुई दिन टुँडिखेलमा ‘माघे सकराती’ मनाउने

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन मगर  53 पटक हेरिएको

मन बहादुर पुन मगर

काठमाडौं । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सकराती’ यसवर्ष मगर समुदायले भव्य रुपमा मनाउने भएका छन् । नेपाल मगर संघ केन्द्रीय समितिले संघकै मुलघरमा आज बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस २९ गते र माघ १ गतेका दिन दुई दिन टुंडिखेलमा माघे सकराती भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएको छ ।

माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुवात पनि हो । मगरात ऐतिहासिक सभ्यताको जगमा विकसित मगर समुदायको प्रमुख साँस्कृतिक चाड माघे सकराती–२०८० को अवसरमा “मगरात सभ्यताको संरक्षण–सम्बद्र्धन गर्दै पुस्तान्तरण गरौं । मगर समुदायको महान चाड माघे सकराती–२०८० भव्यताका साथ मनाऔं ।।” भन्ने मूलनाराका साथ मगर जातिका मौलिक संस्कृतिहरु नेपाल सरकारको राष्ट्रिय सूचिमा सुचिकृत गराउँदै विश्वव्यापी गराउने उद्देश्यले २ दिने मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सव नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना र नेपाल मगर संघ भातृसस्थाहरु र आबद्ध संस्थाहरुको सह–आयोजनामा यहि मिति २०८० पौष २९ गते र माघ १ गते काठमाडौको टुडिखेलमा सम्पन्न हुने माघेसकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको समुद्घाटन गर्न नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचन्ड) उपस्थित हुने बताइएको छ । उक्त कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रर्दशनी, मगर मौलिक संस्कृति कौराहा (कानराहा) नाँच तथा धनुणबाँण, छेलो, भलिबल प्रतियोगिता हुने भएको छ । माघ १ गते मौलिक झाँकी सहित १० बजे भृकुटी मण्डपबाट ¥याली सुरु हुने बताइएको छ ।

माघेसकराती चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिन देखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को फुल लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले नेपाल एक बहुजातीय, बहुसाँस्कृतिक, बहुभाषिक तथा बहुधार्मिक भएको देश हो । नेपालमा तेस्रो धेरै जनसंख्या रहेको मगर जातिलाई संसारले विर गोर्खाली जाति भनेर पनि चिन्दछ । मगर जाति आफैमा बहुभाषिक र बहुसाँस्कृतिक भएको जाति पनि हो । पितृ, प्रकृति र चेली पुजा गरेर मनाईने यो माघे सकराती चाड मगर जातिको प्रमुख साँस्कृतिक पर्व हो, जसलाई मगर जातिले नयाँ बर्षको रुपमा मान्ने गर्दछ । नेपाल सरकारबाट समेत २०६५ सालमा माघे सकारती पर्वलाई मगर समुदाय र थारुहरुको प्रमुख राष्ट्रिय चाड भनेर घोषणा समेत गरेको छ । मगर समुदायको यहि महान पर्व माघे सकराती–२०८० को अवसरमा देश विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरुको सुस्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । देशमा रहेका सबै भाषिक, साँस्कृतिक तथा सामाजिक विविधताको संरक्षण–संबद्र्धन गर्दै पुस्तान्तरण हुदै जावोस, देश समृद्ध बनोस, यस तर्फ नेपाल सरकार र राजनैतिक पार्टीहरुको ध्यानाकर्षण होस भन्ने कामना समेत गरेका थिए ।

साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिन देखि बेशीबाट लेक तिर बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।

अध्यक्ष पुन मगरले मगर समुदायको प्रमुख साँस्कृतिक पर्व मगर माघेसकराती २०८० लाई हरेक मगर घर आगन, टोल, गाउँबस्ती, जिल्ला, प्रदेश, प्रवास सबै तह र तप्कामा प्रमुख पर्वको रुपमा मनाउँनुहुन सबै समुदायमा अपिल गरेकाछन ।

माघे सकराती लगायत सम्पूर्ण संस्कार संस्कृतिहरु जस जसले मान्दै आएका छन् त्यो उनीहरुको मात्र होइन । सबै नेपालीहरुको हाे । यसलाई मास्ने होइन यसलाई अगाडी बढाउने हो’, अध्यक्ष पुनले भने ।

मगर समुदायले माघे सकराती पर्वमा आफ्नो चेलिबेटीहरुलाई पूजा गर्ने चलन रहेको भन्दै उनले विभिन्न खानेकुरा तथा उपहारहरु यस सकरातीमा दाजुभाइ,माइतीहरुले चेलिवेटीलाई दिने चलन रहेको बताए। यही क्रममा लडाइको कला सिकाउने, धनुषवाण हान्ने चलन समेत रहेको उनले बताए ।

माघे सकरातीमा दाजुभाई दिदि बहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई माईती दाजुभाईहरुले पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पातीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ । यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिडालु, तरुल, रोटी सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने आदि गरिन्छ । साँस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिन देखि बेशीबाट लेकतिर बसाई सर्ने गरिन्छ । जसलाई उभेली भन्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार