गोरखामा नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन हुने

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  35 पटक हेरिएको

नेपाल मगर संघले आफ्नो २८औं राष्ट्रिय सम्मेलन गोरखा सदरमुकाममा गर्न लागेको छ । संघले आज सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आगामी ०८१ साल जेष्ठ १२ र १३ गते २ दिन सदरमुकाममा सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।
केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले सम्मेलनमा ७७ जिल्लाबाट ७०० भन्दा बढी प्रतिनिधीको सहभागिता रहने बताए । उनका अनुसार गोरखाको पर्यटन विकासमा टेवा पुग्ने गरी कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त सम्मेलनमा विदेशमा रहेको १८ शाखाबाट स्वदेशी तथा विदेशी सहित ७७ जिल्लाबाट जिल्ला समिति, प्रदेश समिति, केन्द्रिय समिति र तिनका भातृ संस्थाका प्रतिनिधीहरु गरेर ७०० जनाभन्दा बढी प्रतिनिधीहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

अध्यक्ष पुनमगरका अनुसार प्रत्येक जिल्ला र भातृ संस्थाबाट ३–३ जना, प्रदेश समितिबाट ५ जना र विदेश शाखाबाट २ जनाका दरले सम्मेलनमा सहभागिता जनाउने छ । सम्मेलन गोरखा सदरमुकामको गोरखा स्रग्रालय परिषर भित्र हुने छ ।

कार्यक्रम अनुसार सम्मेलनका नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गराउने योजना रहेको पनि अध्यक्ष पुनमगरले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सल्लाहकार तथा गोरखा नगरपलिकाका मेयर कृण्णबहादुर राना मगरले मगर संघको ऐतिहासिक सम्मेलन गोरखा जस्तो ऐतिहासिक स्थलमा हुन लागेकोमा खुशी ब्यक्त गर्दै सम्मेलनले समग्र गोरखाको पर्यटन प्रर्वद्वनमा समेत मद्वत पुग्ने बताए । ‘गोरखा त्यसै पनि ऐतिहासिक स्थल हो । त्यसमाथी मगर समुदायको राष्ट्रिय समेलन गोरखामा हुनु आफैमा महत्वपूर्ण भएको’ भन्दै उनले भने ‘सम्मेलनले समग्र गोरखाको पर्यटन प्रर्वद्वनमा समेत मद्वत पुग्ने छ ।’

मेयर रानामगरले सम्मेलनको पूर्ण सफलताको लागि सञ्चार क्षेत्रले विशेष भूमिका खेलिन दिन समेत आग्रह गरे ।

कार्यक्रम अनुसार पहिलो दिन बाजागाजा सहितको झाँकीले गोरखा बजारको विभिन्न भागको परिक्रमा गरेर उद्घाटन गर्ने र दोस्रो दिनमा विधान संशोधन गरेर निति तय गरेर सम्पन्न गर्ने कार्यक्रम तय भएको केन्द्रिय सदस्य विण्णु राना मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार