अनधिकृत टहरा हटाउँदा डोजर चालकमाथि ढुङ्गा प्रहार

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  234 पटक हेरिएको

काठमाडौँ, चैत ११ गते । काठमाडौँ महानगरपालिका वडा नं.–७ स्थित कालोपुल क्षेत्रमा टहरा हटाउने क्रममा डोजर चालकमाथि ढुङ्गा प्रहार भएको छ ।

गुठी संस्थान केन्द्रीय कार्यालयका सहजकर्ता निरन्जन पौडेलकाअनुसार त्यस क्षेत्रका अनधिकृत रुपमा बस्दै आएका एक जनाले ढुङ्गा प्रहार गर्दा डोजरको पछाडिको भागको सिसा फुटेको र डोजर चालकलाई हल्का चोट लागेको छ ।

उहाँकाअनुसार सो क्षेत्रमा आठ रोपनी चार आना जग्गामा रहेका अवैधानिक संरचना काठमाडौँ महानगरपालिका, गुठी संस्थान र महानगर प्रहरी बलको संयुक्त पहलमा हटाइएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं.– ७ का अध्यक्ष विमलकुमार होडाकाअनुसार सो क्षेत्रमा बारम्बार ताकेता गर्दा पनि अवैधानिक संरचना नहटाइएपछि डोजर चलाइएको हो ।

उहाँकाअनुसार सहिद धर्मभक्त माथेमाको सालिक अवस्थित रहेको उक्त क्षेत्रमा धार्मिक भवन भण्डारेश्वर, क्रिायपुत्री भवन, पशुपतिमा लाने मठसहितको एकीकृत डिपीआर गरेर धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण गर्ने गरी पार्क बनाउने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार