म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ : प्रधानमन्त्री ओली

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  178 पटक हेरिएको

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकास र सुशासन चाहिएको उल्लेख गर्दै आफूले भ्रष्टाचार नगर्ने र कसैलाई गर्न पनि नदिने दावी गरेका छन् ।

बुधवार नेपाल चेम्बर अफ कमर्सको वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् । उनले मुलुकमा विकास र सुशासन कायम गर्न आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए । मुलुकमा अझै पनि थाहा नहुने गरी भ्रष्टाचार भइरहेको हुनसक्ने आशंका व्यक्त गरे ।

मुलुकलाई तीव्र गतिमा अगाडि बढाउन एकपछि अर्को अनुकूलता मिलेको उल्लेख गर्दै अध्यक्ष ओली सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति नरहेको दाबी गरे। देशमा ठूलो योगदान गरेका र इतिहास बोकेका जिम्मेवार पार्टीहरू बहुमतको साथ सरकारमा रहेकाले मुलुकमा स्थिरता र स्थायित्व रहिरहने प्रधानमन्त्री ओलीको जिकिर छ ।

उनले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म जाने दाबी गरे ।

प्रधानमन्त्री ओलीले भने‚ ‘सुशासन र भ्रष्टाचारसँग सम्झौता हुन सक्दैन। म आफू भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । देशमा ठूलो योगदान गरेका र इतिहास बोकेका जिम्मेवार पार्टीहरू कम्फर्टेबल मेजरिटीका साथ सरकारमा छन् । स्थिरता र स्थायित्व छ, रहन्छ ।

उनले वर्तमान सरकार उद्योगी व्यवसायी तथा श्रमजीवीहरूको साथमा रहेको दोहोर्‍याए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार