
फिल्म ‘महादशा’मा अभिनेत्री पूजा शर्मा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो। फिल्मका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले फिल्ममा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन्।निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यस फिल्मका लागि यसअघि निरुता सिंह,उत्तम प्रधानका साथै हिपहप कलाकार हाकिम गुरुङ,प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। अन्य कलाकारमा बिनोद न्यौपाने,रियर राई,प्रभात लामा,रामचन्द्र अधिकारी,कमल देबकोटा,पुस्कर भट्ट,दिनेस काफ्ले ,रन्जन कोइराला,युबिक राज शाह,स्मृति कल्मर,एलिज पुन लगायतको अभिनय छ।
निरुता र उत्तम कालजयी फिल्म ‘दर्पणछाया ’को जोडीको रुपमा लोकप्रिय छन्। निर्देशक किरण नेपालीका अनुसार यो फिल्मले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गर्ने छ ।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मनिष गौतमको पटकथा,राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माताको रुपमा छन्। लामो समय प्राविधिक पक्ष र निर्माण नियन्त्रणमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माताको रुपमा आउन लागेका छन्।

270 पटक हेरिएको 

