मगर समुदायको इतिहास, भाषा, सांस्कृतिक संरक्षण र सम्बद्धन मगरहरुको मूलमन्त्र । जातीय पहिचान, स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मूल नारा बोकेको नेपाल मगर संघले फागुन १५ मा देश विदेशमा मगर एकताको दिवस मनाउंदैछ । विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनुका साथै एकताको मालामा गांस्ने दिन हो मगर दिवस, मगर स्थापना दिवस ।
यस बर्षको मगर दिवसले सम्पूर्ण नेपालीहरुमा आपसी मित्रता, भाइचारा, बन्धुत्व, सद्भाव र सहिष्णुताको साथै मगर एकता सधैं कायम रहिरहोस् भन्ने उद्देश्य बोकेर अगाडि बढोस । मुख्यौली थातथलो जातीय भूमि (मगरात) मगर जातीयले बोलिने तीन वटा मातृभाषा (ढुुट, खाम, पाङ र काइके) मगर जातीको धर्म प्रकृति पुजक, बौद्ध मगर जातीको मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको बहुआयामिक पहिचान जसको आफ्नै सरल मगराँती जीवनशैली छ । जसलाई नेपालका आदिबासी मुलबासी मगर जाती समुदायको रुपमा चिनिदै आएको छ ।
छुट्टै फरक आफ्नै मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको मगर जातीको एकताको दिवस नै मगर दिवस भनेर चिनिदै आएको छ । नेपालमा रहेका विभिन्न जातजातिहरुको आ आफ्नै पहिचान र अस्त्तिव बोकेको छ जसलाई दिर्घकालिन पहिचान दिन र राष्ट्रको पहिचान बनाउन आज सबै जातजातिहरु आफ्नो जातीलाई सचेत बनाउदै संगठीत हुंदै गईरहेको छ । जसमा मगर समुदाय पनि एक हो । आफ्नो जातीय पहिचान र इतिहासलाई राज्यको निर्णायक तहमा पुराउन सम्पुर्ण मगर एक जुत हुन जरुरी छ ।।
नेपाल मगर संघ देशकै तेस्रो ठूलो जातीय संगठन हो । त्यसमध्ये आदिबासी जनजातिहरु मध्ये सबै भन्दा ठूलो संघ नेपाल मगर संघ हो । जसको आफ्नै पहिचान छ । जसले नेपालको आर्थिक, राजनीतिक, तथा समाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै समग्र राष्ट्रको विकास निर्माणमा ृक्रिय हुदै आइरहेको छ ।
सम्पुर्ण मगर जातीको विशेषता भनेको सोझो, मेहनती, इमान्दारी, देशभक्ति, कर्मठ, विश्वासीलो मानिन्छ । नेपालमा संख्यात्मक हिसाबले हेर्दा पनि मगरहरु नै जनसंख्या भएको ठूलो समुदाय हो । मगरहरुको थर तथा उपथरहरु अन्य गैरमगरहरु संग मिल्ने र मिलाउने भएको हुंदा जनगणनाले सही तथ्यांक दिन नसकसको अवस्था हाम्रो सामु जगजाहेर छ । यस विषयमा गहिरिएर अध्यान अनुसान्धान गर्न जरुरी छ । यर्थातता भन्नु पर्दा जनसंख्यामा पनि राजनीतिकरण भएको घटना हामी माझ ताजै छ ।
फगुन १५ मा मगर समुदाय किन मगर दिवस मनाउंदै आइरहेका छन् भन्ने बारेमा कतिपय नयां पिढि होस् या त बास्तविक सूचना देखि टाढा रहेका मगर समुदायले नबुझेका हुनाले पनि मगर दिवसलाई मगर समुदायको चाडको रुपमा लिनु पर्छ भन्ने कुरा मगर समुदायमा भान छ ।
फागुन १५ मगर समुदायको चाड नभएर मगर समुदाय एकजुट भएको दिन हो । जुन दिन मगर समुदायको एकता भएको दिन भनेर बुझ्नु आवश्यक छ । जनसंख्याको आधार यति ठूलो मगर समुदायलाई आफ्नो दिवसको बारेमा जानकार नहुंदा यस दिवसलाई चाडपर्वको रुपमा बुझिरहेको अवस्था छ । मगर जातीको आफ्नै पहिचान भएको चाड मागेसंक्रान्ती हो जुन चाडमा मनाउंदा प्रकृति पुजन गरिन्छ । बनजंगलमा पाहिने कन्दमुल, सखरखण्ड, गेडागुडी खाने गरिन्छ किन कि हामी मगर जाती प्रकृति प्रेमि छौ र प्रकृतिको छत्रछायामा हुर्किए आज यो अवस्थामा आईपुगेका छौ । त्यसैले पनि मगर समुदायको मुख्य राष्ट्रिय चाड भनेकै माघेसकराती हो । माघेुकरातीलाई नेपाल सरकारले राष्ट्रिय चाडको रुपमा घोषणा गरी विदा समेत दिएको छ ।
बिश्वभर मगर दिवस मनाउनुको मुख्य कारण के हो त भन्ने विषयमा मगर समुदाय र गैरमगर समुदाय, शुभचिन्तक र आम नेपालीहरुलाई चांसोको विषय पनि बन्दै आएको छ । कतिपयले यो दिवसको बारेमा राम्रो संग बुझेका छन् भने कतिपयले यो दिवसको बारेमा बुझ्न खोजिरहेका छन् विषयत यो दिवस मनाउनु मगर जातीको आफ्नै पहिचानलाई जोगाउनु र समग्र मगर समुदायलाई सचेत बनाउंदै आफ्ना हकअधिकार र पहिचानलाई स्थापना गर्नु हो । जसले गर्दा समग्र देशको विकासले गति लिनेछ । मगर संघको सांगठानिक इतिहास हेर्दा वि.स. १९९७ सालमा प्रवास दार्जलिङदेखि सुरु भएको हो । संघको औपचारिक स्थापना भने वि.स. २०३८ सालमा भएको हो । जसले मगर दिवस मनाउंदै आज ३२ औं मगर दिवस विश्वभर मनाउदैछ । राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपश्चात वि.स. २०१२ सालमा गुल्मी जिल्लाको भार्से गाउंमा क्या।पदमबहादुर घर्तिमगरको अध्यक्षतामा वृहत मगर भेला गरिएको थियो । त्यस भेलाले पश्मिाञ्चल स्तरीय वृहत मगर सुधार समिति गठन पनि गरयो । यसरी म्याग्दीको औलो गाउंमा हर्कजीत पुनमगरको अध्यक्षतामा मगरहरुको हकहितकालागि एउटा समिति गठन भएको मगर इतिहासविद्धहरु बताउंछन् । त्यसपछि वि.स. २०१४ सालमा तनहुंमा जिने आलेमगरको सहयोगमा वृहत कार्यक्रम सम्पन्न भएको थियो । वि.स. २०२८ सालमा मुलुकभरबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीहरुलाई एकजुट गर्दै बाग्लुङ्ग जिल्लाका खिलध्वज श्रीसमगरको संयोजकत्वमा लाङघाली परिवार संघ स्थापना गरेका थिए ।
वि.स. २०३६ सालमा डा। हर्षबहादुर बुढामगरको अध्यक्षतामा लाङघाली परिवार संघ गठन गरेको पाइन्छ । । मगर इतिहासविद्धहरुका अनुसार वि.स. २०३८ सालमा बुटवलमा केन्द्रीय भेला गरी हेम बहादुर पुनमगरको अध्यक्षतमा नेपाल लाङघाली परिवार संघको प्रथम तदर्थ समिति गठन भयो । त्यसपछि वि. स. २०३९ साल फागुनको १४,१५ मा तनुहंको दमौलीमा प्रथम केन्द्रीय महाधिवेशन गरियो । जुन महाधिवेशनले हेमबहादुर पुनलाई अध्यक्ष चयन गरेको थियो ।
नेपाल मगर संघको सांगठनिक रुपमा परिवर्तन आउंदै गर्दा वि.स. २०४२ सालमा नेपाल लाङघाली परिवार संघको नाम परिवर्तन गर्दै नेपाल लाङघाली संघ हुंदै दोस्रो महाधिवेशन सम्पन्न भएको पाइन्छ । जुन महाधिवेशनबाट कविराज पुनमगरलाई अध्यक्षमा चयन हुनुभएको थियो । वि.स. २०४२ सालमा मानध्वज रानामगरको अध्यक्षतमा तेस्रो महाधिवेशन गरियो । २०४७ सालको निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य संगै र बहुदलीय ब्यवस्थाको आगमनमा वि.स. २०४८ सालमा नेपालका पूर्व मन्त्री एवं आदिबासी जनजाति वरिष्ठ नेता गोरेबहादुर खपाङ्गीमगरको अध्यक्षतामा गठित समितिले पुरानो नाम नेपाल मगर लाङघाली परिवार संघलाई परिवर्तन गरी “नेपाल मगर संघ”मा नामाकरण भएकोथियो ।
लाङघाली परिवार संघबाट नेपाल मगर संघमा आईसक्दा देश र विदेशमा रहेका मगर समुदायलाई एकिकृत, संगठीत र संरक्षीत गर्न गठन भएको मगर संघलाई आज आएर फागुन १५ को बार्षिक रुपमा मगर समुदायको जन्म भएको दिवसको उपलक्ष्यमा मनाउन थालिएको हो । यसरी मगर संघको मूल उद्देश्य र लक्ष्य लाई आत्मासाथ गर्दै जातीय चेतना, जनजागरण, इतिहास, भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण, संबद्धन र कला जीवनप्रतिको खोजी, समाजिक विकासका कार्यशैली, कार्यदिशा र कार्ययोजनाको थालनीहरु मगर समुदायले गर्दै आइरहेका छन ।
इतिहासविद् एमएस थापाको भनाई अनुसार नेपालका मूलबासी नै मगरहरु हुन भनेर किटान गरेका छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा पहिला नेपालमा धेरै मगर राज्यहरु थिए र कालीगण्डकी देखि दांया अथवा पूर्वतिर १२ वटा र बांया पश्चिमतिर १८ वटा मगर राज्यहरु थिए । जुन राज्यहरुलाई १२ मगरात र १८ मगरात भन्ने गरिन्थ्यो । ति राज्यहरुमध्ये धेरै शक्तिशाली राज्यहरु पाल्पा र गोर्खा थिए । जुन राज्यहरुमा मगर राजाहरु थिए । ति समयमा राजा, मन्त्री, भारदार, निजामति कर्मचारी सेना तथा सरकारी निकायहरुमा सबै मगरहरुको पहुंच थियो । जुन समय मगरहरु भाषा, धर्म, संस्कृति, भेषभुषा तथा पहिचानहरु अपार शक्तिको रुपमा स्थापित थियो । जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण तथा १०४ वर्षे राणा शासनकालमा मगरहरुको हकअधिकार, भाषा, धर्म, संस्कृति, भेषभुषा तथा पहिचान गुमराह शून्य स्थितिमा परिणत भयो ।
धेरै धनि मगरहरु तथा राज्यका विभिन्न निकायका वरिष्ठ पदाधिकारीहरु गैरमगर जातीहरुमा पयालन भए । जसले गर्दा मगरहरुको हकअधिकार र पहिचान शून्य स्थिति र अझै भयावह स्थिति पुग्न गयो ।
२००७ सालमा नेपालमा प्रजातन्त्र स्थापित भयो त्यसपछि केही बुद्धिजिवि मगरहरुले सा–सानो झुण्डमा संगठीत हुंदै गएर आज मगर संघ मात्र होइन मगर संघको भातृसंघ पनि गठन भएको छ । जसमा नेपाल मगर विद्यार्थी सघ, नेपाल मगर महिला संघ, युवा संघ, मगर भूपु सैनिक संघ, मगर लेखक, संघ, मगर रेडियोकर्मी संघ, मगर चलचित्रकर्मी संघ, नेपाल मगर बौद्ध सेवा समाज, विभिन्न सम्पर्क तथा समन्वय समिति, भाषिक, साहित्यिक, धार्मिक, सामाजिक, सांस्कृतिक संघ जस्ता मगर संघसंगै सम्बन्धीत निकायहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै यी संघहरु क्रियाशील रहेका छन् । यसरी मगर जातीले आफ्नो गुमेको र गुमराह गरिएको मौलिक अधिकारलाई स्थापित गर्न मगर दिवस मनाउंदै आइरहेको छ । जसको नतिजाले र संगठनले गर्दा आज राज्य समेत मगर समुदायको आवाजलाई सुन्न बाध्य भइरहेको छ । एक दिन मगर समुदायको भावना, आवाज र पहिचान स्थापित हुने नै छ ।