अन्नपुर्ण गाउपालिका म्याग्दीमा नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ एक्सप्लोर हुने

  Manaslu Post  703 पटक हेरिएको

अन्नपुर्ण गाउपालिका म्याग्दीमा नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ एक्सप्लोर हुने भएको छ । स्थानीयको सक्रियता एवं कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा पोखराबाट पुनहिल हुँदै फूलबारी, काफल डाँडा, करबाकेली थान भएर बेनी निस्कने पदमार्ग एक्सप्लोर गर्न लागिएको हो । पोखराबाट निस्कने यात्रीले ५ दिन छुट्टयाउनु पर्नेछ । पोखराबाट तीखेढुँगासम्म जीपमा गएर पहिलो बास उल्लेरीमा हुनेछ । दोस्रो बास घोडेपानीमा। तेस्रो दिन पुनहिल भएरु फूलबारी हुँदै बास बस्न करबाकेली थान पुग्न सकिन्छ। चौंथो दिन बेनीमा बास ।करबाकेलीबाट बेनी निस्कन तीन विकल्प हुनेछ । पहिलो त्यहाँबाट बैसेरी हुँदै बेनी झर्ने, दोस्रो त्यहाँबाट मल्लाज झर्ने र तेस्रो फलामे डाँडा हुँदै बेनी निस्कने। पदयात्रीले इच्छा अनुसार रुट छनोट गर्न सक्नेछन् ।

करबाकेलीबाट गुर्जादखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छे« लगायत हिमालको लर्कन देखिन्छ । सजिलो, छोटो र सस्तो पदयात्राका लागि यो मार्ग उपयुक्त हुन्छ । काफल डाँडा ९२,३३० मिटर० पवित्र भूमी हो। करबाकेली पुन समुदायका देवता हुन् । करबाकेली अनुसन्धान समिति काठमाडौं र करबाकेली संरक्षण समिति काफलडाँडाको पहलमा करबाकेली थान बनाइएको छ जहाँ करबाकेली बाबा, उनका दुई श्रीमती हिमला र फिमला, जेठा छोरा रामचन एवं कान्छा छोरा कुलचनका मूर्ति छन् । प्रस्तावित करबाकेली पदमार्गमा हिमाली सौन्दर्यका साथै पुन समुदायको संस्कार, संस्कृति र जीवनशैलीमा रमाउन सकिन्छ। स्थानीय याम पुन र चामबहादुर लगायत गाउँलेको पहलमा नयाँ पदमार्ग एक्सप्लोर गर्ने तयारी भैरहेको छ । उनीहरुको होस्टेमा टे«किङ एजेन्सीज् एशोसियसन अफ नेपाल ९टान० र नेपाल पर्यटन बोर्ड लगायत संस्थाले हैंसे गर्दैछन् । एक्सप्लोरेशनपछि पदमार्गको नक्शा, भिडियो, पोस्टर, ब्रोसर, बुकलेट र पुस्तिका प्रकाशन गरिने छ ।म्याग्दी उद्योग वाणिज्य संघले ०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाउँदैछ। त्यही अबसरमा आगामी जेठभित्रै करबाकेली ट्रेक लन्च गर्ने योजना छ । संघका पर्यटन संयोजक राजेश शाक्य भन्छन्, ‘हामी करबाकेली क्षेत्रको पनि प्रवद्र्धन गर्नेछौं ।

करबाकेली क्षेत्रमा होटल तथा लज सुविधा छ । यो मार्गमा पर्यटकले पुन समुदायको पुख्र्यौली, सालैजो, यानीमाया, ठाडी भाका, शिरफूले लगायत संस्कृती अध्ययन गर्न पाउनेछन् । चैत तेस्रो साता काठमाडौंको विज्ञ टोली झिकाएर पदयात्रा एक्सप्लोर गरिँदैछ । टोलीमा हिमालयन म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्य, पर्यटन विज्ञ शुरेन्द्र राना, फोटोग्राफर बद्रि दाहाल, पत्रकार अमृत भादगाउँले लगायत सहभागि हुँदैछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार