भोटखोलाबाट ५ किलो सुन सहित एक पक्राउ

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका बाट ५ किलोग्राम सुन सहित एक जना पक्राउ परेका छन् । भोटखोला गाउँपालिका–२ लिङगमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको स्रोतको भनाइ छ । भोटेको साथबाट सुन सहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रा समेत बरामद भएको बताइएको छ । तर पक्राउ परेका भोटे र सुनको बारेमा संखुवासभा प्रहरी केही बोल्न चाहेको छैन । भोटेलाई चेपुवा प्...

मदिरा सेवन गरी श्रीमती र छोरीको हत्या, छोरा घाइते

सिन्धुली । गोलन्जोर गाउँपालिका – ६, नाकाजोलीका ५० वर्षीय टेक बहादुर मर्साङ्गीले मदिरा सेवन गरी श्रीमती र छोरीको हत्या गरेका छन । बिहिबार राती कोठामा सुतिरहेका श्रीमती, छोरी र छोराको कोठामा गई भरुवा बन्दुकले हानी हत्या गरेको प्रहरीले जनाएको छ । गोली लागी श्रीमती ४५ वर्षीया किरण मस्र्याङगी र १७ वर्षीया छोरी प्रेमसु मस्र्याङगीको घटनास्थलमै मृत्यु भएको छ । श्रीमतीको घाँटीमा र छोरीको कनचटमा गोली लाग...

अपहरणकारीबाट उम्केर प्रहरीकोमा पुगिन् युवति

सिरहा । युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको हो । ...

महरा प्रकरण : कसुर पुष्टि भए महरालाई यस्तो सजाय हुने

काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा रोशनी शाहीले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा पुगेर जोहरी दिएपछि उनिबिरुद्द मुद्दा दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ । यदि महराले जबरजस्ती करणी उद्योग गरेको पुष्टि भए उ...

लागु औषध सहित ३ जना पक्राउ

पोखरा । स्याङ्जाको वालिङ नगरपालिका–१३, गाहाँखोलास्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले विहीवार लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले चेकजाँच गर्नेक्रममा बा३ख४९७१ नं को हाईस गाडीमा सवार म्याग्दीको बेनी–२ निवासी ३२ वर्षीय श्रीराम कार्कीले बोकेको झोलामा लागु औषध फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार कार्कीको झोलाबाट नोफिन ७५ पिस, डाईजेपाम ७५ पिस, नाई...

आज देशलाई खुला दिसामुक्त घोषणा गरिँदै

काठमाडौं : आज देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक समारोहकाबिच नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ । घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुनेछ। नेपालमा २०६८ सालदेखि खुला दिसामुक्त मुलुक बनाउने अभियान शुरु भएको थियो । खानेपानी मन्त्रालयका अनुसारअनुसार हालसम्म देशका क...

भान्जी बलात्कार गरेको अभियोगमा पक्राउ

बझाङ — भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी आफ्नै भान्जीलाई केहीवर्ष अघिदेखि नै मामाले बलात्कार गर्दै आएको खुल्न आएको जिल्ला प्रहरी बझाङले जनाएको छ । पालन पोषण गर्ने र पढाइ दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै ती मामालेपटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले जानकारी दिए । बलात्कारीमाथि प्रहरीले जबरजस्ती...

चितवनमा कुटिए ज्ञानेन्द्र शाही

चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् । लगतै शाहीमाथि कुटपिट भएको छ । चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनी...

दशैँसम्मै मनसुन सक्रिय रहने सम्भावना

काठमाडौँ  । यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक पथ्र्यो त्यो वातावरण अनुकूल देखिदैन । तल्लो वायुमण्डलमा पश्चिमी वायु चल्नुपर्छ ...

हेलिकप्टरबाट सुत्केरी र तीन नवजात शिशुको उद्दारपछि उपचार हुँदै

दार्चुला, असोज ७ गते । नौगाड गाउँपालिका – २ ककनाडी चौखुट्टेकी २५ वर्षीया मानमती धामीले सोमबार बिहान स्वास्थ्य चौकी खारमा तिम्ल्याहा छोरी जन्माउनुभयो । सुत्केरी हुने समय अगावै कम तौलका तीन बच्चा जन्माएपछि सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पताल लैजान स्वास्थ्यकर्मीले सिफारिस गरे पनि परिवारले आर्थिक अभाव देखाउँदै लैजान सकेनन् । दुर्गम क्षेत्रको विपन्न परिवारकी मानमतीको तल्लो पेट दुख्ने तथा रक्तस्र...