प्रचार नहुँदा ओझेलमा कोसीटप्पु

संरक्षण तथा प्रचारप्रसारको अभावमा कोसीटप्पु वन्यजन्तु आरक्ष आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्य बन्न सकिरहेको छैन। सुनसरी, सप्तरी र उदयपुर जिल्लामा पर्ने र सबैतिरबाट अवलोकन गर्न सकिने आरक्षमा पर्यटन विकासका लागि सरकारी र निजी क्षेत्रबाट पहल नहुँदा आरक्ष ओझेलमा परेको हो। कोसीटप्पु अर्ना तथा चराको स्वर्गभूमि मानिन्छ। स्थानीय तहको निर्वाचनपछि कोसी गाउँपालिकाले आरक्षको विकास गर्ने सोच बनाए पनि ...

मगर सांस्कृतिक महोत्सव गरेर काठमाडाैमा ३ दिन माघे सकराती पर्व मनाइने

मन बहादुर पुन काठमाडौ । नेपाल मगर संघ, केन्द्रीय समितिको आयोजनामा काठमाडौ उपत्यकाको केन्द्र बिन्दु टुडिखेल काठमाडौमा यहि पौष २९, ३० र माघ १ गते मगर सांस्कृतिक महोत्सव २०७९ को आयोजना गरेर मगर जातिको प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे सकराती भव्यरुपमा मनाइने भएको छ । मगर जातिको सामाजिक, सांस्कृतिक पर्वहरुको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्य सहित मगर मौलिक संस्कृतिहरुको संरक्षण, संबद्धन ग...

कफल्लाँ दुध्यामष्टो देवताको उद्गम स्थल : ऐतिहासिक चिनारी

१. पृष्ठभूमि मष्टो देवता खस (क्षेत्रीहरु) को कुल देवता भित्र पनि बाह्र भाइ मष्टो मध्ये जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा नं. ८, कफल्लाँमा रहेको दुध्या (दुधे) मष्टो कर्णाली, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशको प्रख्यात देवता मानिन्छ । मष्टो देवता शान्त, दयालु, क्षमाशील, र चाँडै खुशीहुने शिव अंश मानिने मूतः सात्विक देवता हुन । सात्विक पुजामा यिनलाई अक्षता, फुलपाती, दुध, दशी, घीउ (नौनी), र बाबर चढा...

बाजुराका तीनै धाममा यस वर्ष १० हजार बढी तीर्थ यात्री सहभागी

बाजुरा । सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बडीमालिका, बुढीनन्दा, स्वामीकार्तिक र खप्तड बाजुरामै रहेका छन् । बडीमालिकामा चतुर्दशी अर्थात् मूलपूजा गर्न मेला लाग्छ । जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटक, बाजुरास्थित सरकारी कार्यालयको पूजाटोली र स्थानीय पर्यटकसहित भक्तजन परम्पराअनुसार सोमबार मेला भर्न त्यसतर्फ लागेका हुन् । गत वर्ष कोरोनाका कारण तीर्थयात्री कम गए पनि यस वर्ष भने १० ह...

डा. प्रीति भुसालले चढिन् सगरमाथा

२९ वैशाख, काठमाडौं । डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । भुसाल सहितको टोलीले वैशाख २९ गते बिहीबार सगरमाथाको सफल आरोहण गरेको हो । अर्घाखाँची स्थायी घर भएकी ३४ वर्षीया भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् । उनले कोभिड-१९ को लडाइँ विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ताहरुको योगदानको सम्...

स्थानीयले घर छाड्दा सुनसान बन्यो लिपुलेक नजिकको तिंकरबस्ती

दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित तिंकरबस्ती सुनसान बनेको छ । चिसो छल्न तिंकरबासी सदरमुकाम खलंगा झरेपछि बस्ती सुनसान बनेको हो। भारतीय अतिक्रमणमा परेको लिपुलेक क्षेत्रसँग जोडिएको तिंकरमा चिसो अत्याधिक बढेपछि सुरक्षाकर्मी पनि त्यहाँबाट छाङरु झरेका छन्। यसले बस्तीमा असुरक्षासमेत बढेको छ। तिंकर र छाङरुका बासिन्दा बसाइँ सरेर खलंगा आएपछि गाउँ अहिले मानवबिहीन भएको व्याँस गाउँपालिका–१ का वडा सचिव...

पर्यटक कुरिरहेको हुम्लाको टाँके भ्याली (फोटो फिचर)

हुम्ला :  पर्यटकका लागि प्रचुर सम्भावना बाेकेको हुम्लाको टाँके भ्याली प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।​ पाँचऔँले, कुटकी, जटामसी, सेतो चिनी, अतिस, सर्पगन्धा, लगायतका बहुमूल्य जडीबुटी प्रशस्त पाइने र झारल, मृग, नाउरलगायतका जंगली जनावर पाइने टाँके भ्याली प्रचारप्रसारको अभावमा अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन्। टाँके भ्याली नजिकै ठिङ्ग उभिएको छ ५३५८ मिटरको काङला भञ्ज्याङ्ग । काङ्ला भञ्ज्...

दाङको हात्ती ढुङ्गा ढल्यो

दाङ : पछिल्लो समय निकै चर्चामा आएको तुलसीपुर–१४ ड्वाङपुर रहेको अविरल वर्षाका कारण ढलेको छ। जिल्लामा प्रमुख पर्यटकीय सम्भावना बोकेको हात्ती ढुङ्गा ढलेपछि स्थानीयहरु दुखी भएका छन्। तुलसीपुरदेखि करिब १४ किलो मिटर दूरीमा रहेको उक्त हात्ती ढुङ्गा अविरल वर्षाका कारण ढलेको  तुलसीपुर १४ का वडाध्यक्ष पर्शुराम चौधरीले जानकारी दिए। हात्ती ढुङ्गा संरक्षण गर्ने योजना भए पनि बजेट अभावका कारण संरक्षण नहुदा...

धिमाल जातिको पहिचान : मौलिक पहिरन र गहनामा झल्किन्छ जातीय विशेषता

झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने एक मौलिक भाषा र जीवनशैली बोकेको जाति हो धिमाल । आदिकालबाटै प्रकृतिमा निर्भर रहिआएको र प्रकृति धर्ममा आस्था राख्ने यो जातिको खानपान र भेषभुषामा आफ्नै मौलिकपना देख्न सकिन्छ । पूर्वी नेपालका अन्य जिल्लामा पनि यो जातिको उपस्थिति रहे पनि त्यो नगन्य मात्रामा पाइन्छ । धिमालहरु आफ्नै भाषा, भेषभूषा, संस्कृति, रहनसहन र पहिचान झल्काउने रीतिरिवाज भएका एक समृद्ध जाति ह...

ताप्लेजुङका १६ वर्षीय सोनामले बाबुसँगै गरे सगरमाथाको आरोहण

काठमाडौँ । ताप्लेजुङका १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार बिहान ८:५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए । दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए । ‘फादर एण्ड सन क्लाइमेट चेन्ज क्याम्पेन एक्सपेडिशन २०२१’ नाम दिएर सोनाम आवश्यक ...