एकपटक कोरोनाबाट मुक्त भएपछि कति समयसम्म सुरक्षित भइन्छ ?

आइसल्यान्डमा गरिएको एक अध्ययनले कोरोनाबाट मुक्त भएका व्यक्तिका लागि खुसीकाे खबर ल्याएको छ। कोरोनाबाट मुक्त त्यहाँका ३० हजार जनामा गरिएको अध्ययनले कोरोना संक्रमणपछि बन्ने ‘एन्टिबडी’ (भाइरसप्रतिरोधी शक्ति) ले कम्तीमा चार महिना काम गर्ने पत्ता लगाएको हो। यो नै पहिलो अध्ययन हो, जसले भाइरविरुद्ध एन्टिबडीले यति लामो समयसम्म काम गर्ने दाबी गरेको बीबीसीले जनाएकाे छ। यो अध्ययन आइसल्यान्डस्थित बायो...

पहिला गोरु बलियो बनाउन खुवाइँने गुर्जो अचेल मान्छेले नै खोजिखोजी खान थाले!

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले कोरोना संक्रमण बढ्दै गएपछि मानिसले गुर्जोको लहराको चर्चा गरेको सुने। जंगलमा पाइने गुर्जो खोजेर ल्याएपछि थाहा भयो कि, उनका बुवाले गोरु बलियो बनाउन खुवाउने लहरा नै गुर्जो रहेछ। मकवानपुरको पहाडी भेगका अधिकांश जंगलमा गुर्जोको लहरा छ्याप्छ्याप्ती पाइन्छ। कोरोना संक्रमणमा परेका व्यक्तिलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि विभिन्न तरिका...

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठ...

बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा यस्ता छन्

हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन्। कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार सेवन गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दिने गरेका छन्। तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुनसक्ने विज्ञहरूले औँल...

पुजारी हत्याको आरोपमा दुई जना पक्राउ

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका  रामनरेश पटेल र बालकुमार पटेल छन् । भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको हो । हाल पक्राउ परेको दुवै जनाले अभियोग भने स्वीकारिसकेका छैनन् । प्रकरणमा देवाही गोदाही नगरप...

चुनौतीलाई अवसरमा बदल्ने शुक्रराज अस्पताल

काठमाडौं- बढ्दो कोरोना भाइरसको जोखिमले देशभरका अधिकांश स्वास्थ्य संस्था थलिँदै गएका छन्। कारण हो- फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी नै संक्रमित हुँदै जानु। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल लगायत देशभरका ८० भन्दा बढी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा प्रभावित नहुने कुरै भ...

कोरोनाविरुद्धको खोप कहिलेसम्म बन्छ ?

काठमाडौं- कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रान्त बनाइरहेको समयमा यसविरुद्धको खोपको विकास भइरहेका खबर पनि आइरहेका छन्। चीन, रुस र बेलायतमा भ्याक्सिन विकासको काम भइरहेको छ। ती भ्याक्सिनको परीक्षण नेपालमा पनि हुने भएको छ। ती खोप कुन चरणमा छन्? कहिले खोप लगाएर कोरोना भाइरस सर्नबाट ढुक्क हुन सकिन्छ? आम चासोको विषय बनेको छ। यसैबीच नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

तपाईंलाई थाहा छ ? अण्डा कति खाने ? कसरी खाने ?

बिबिसी- अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन्। यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ। आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। बेलायतका डाइटिसियन डा. ...

रुस भन्छ : कोरोना खोप तयार पारिसक्यौं, अब छिट्टै बजारमा आउँछ

विश्वमा सबैभन्दा पहिले आफूले सफल कोरोना खोप बनाएको दाबी गरेको रुसले यसको पहिलो खेप उत्पादन गरिसकेको जनाएको छ। यसको केही घण्टाअघि रुसको स्वास्थ्य मन्त्रालयले आफ्नो मुलुकले कोरोना खोप उत्पादन सुरु गरेको जानकारी दिएको थियो। यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आइसक्ने रुसले जनाएको छ। तेस्रो चरणको परीक्षण गर्नुअघि नै खोपलाई रुसी स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेको छ। तेस्रो...

अकबरे खुर्सानीका १५ गुण

नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये एक हो, अकबरे खुर्सानी। यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन। यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ। आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो। साधारणतया: खुर्सानी पिरो स्वाद दिने फल हो। खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पत...