कर्मचारी राजनीतिमा लागे बर्खास्त

काठमाडौँ, वैशाख २९ गते । सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा कर्मचारी राजनीतिक गतिविधिमा ...

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस

काठमाडौंः आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदैछ। कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन्। नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने गरिन्छ। जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण वि...

अध्यक्ष ओली र नेता लेखक रिहा

काठमाडौँ,  । प्रहरी हिरासतमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुनुभएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको बताउनुभयो । रासस ...

रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं सर्वोच्चको आदेशलगत्तै रिहा भएका छन्। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आज उक्त आदेश दिएको थियो। सर्वोच्चले मंसिर ६ गते सरकार र प्रसाईं समर्थकका बीचमा शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने सहमति...

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। बैठक बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा तीन दिनसम्म बैठक चल्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। गौतमले आजको बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बताए। ‘प्रतिवेदनमा सरकार गठन प्र...

अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले मङ्गलवार फेसबुकमा लेख्दै राजीनामा दिएको घोषणा गरेका हुन् । ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन ! विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी सङ्गठनहरूले आज स्कुले पोसाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन’, फेसबुकमा लेखेका छन्, ‘तसर्थ, समग्र हाम्रो पुस्...

रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् । ‘मलाई सांसद पदमा बसिरहन मनले दिँदै दिएन,’ उनले  भने । उनले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् । ‘जेनजी आन्दोलनलाई सरकारले दमन ...

आजबाट सरकारको औचित्य पुरै समाप्त भएको छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेको आरोप लगाएका छन्। समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले जीनको आन्दोलमा आफ्नो साथ रहेको बताएका छन्। ‘सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ,’ कोइरालले भनेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मलहम लगाउन सक्दैन। यस पिडादायी क्षणम...

ट्रमा सेन्टरमा सयौं अभिभावक सन्तान खोज्दै

जेनजी प्रदर्शनका क्रममा मृत्यु तथा घाइते भएका आफ्ना सन्तान खोज्न सयौं अभिभावक ट्रमा सेन्टरमा भेला भएका छन् । सोमबार भएको प्रदर्शनमा २० जनाको ज्यान गएको छ भने २६० भन्दा बढी घाइते भएका छन् । मृतकमध्ये दुईजना इटहरीमा मारिएका हुन् भने बाँकी सबै काठमाडौंको भएको प्रदर्शनमा ज्यान गुमाएका हुन्।ट्रमा सेन्टरमा मात्रै उपचारका क्रममा ८ जनाको निधन भएको अस्पताल प्रशासनले जनाएको छ । यीमध्ये ५ जनाको ...

रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगमा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको हो । पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएकी थिइन् । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो । रामलाल डगौरा संयोजक...