माझी राष्ट्रिय गीतको लोकार्पण

काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो । सो राट्रिय गितलाई माझी समुदायका एक ब...

गायक देवीराम राना मगरको मौलिक लोक भाका सजिएको गीत ‘पानी गंगाको’ सार्वजनिक

मन बहादुर पुन काठमाडौं । पछिल्लो समय लोक गीत संगीतको क्षेत्रमा मौलीकताको खडेरी पर्दै गएको बेलामा चर्चित गायक देवीराम राना मगरको मौलिक लोक भाका समावेश भएको गीत ‘पानी गंगाको’ सार्वजनिक भएको छ । सुर्य कुमार परियारको शब्द रहेको गीतमा गायक देवीराम राना मगर र गायिका शान्ती श्री परियारको स्वर सुन्न सकिन्छ । त्यस्तै देवीराम राना मगरको मौलिक लय सिर्जना रहेको गीतलाई कृष्ण बिक ‘भाञ्जा’ ले एरेन्ज गरेका...

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन्- मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’ मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थ...

सातौ मनास्लु राष्ट्रिय अर्वाड – २०८० सम्पन्न (फोटो फिचर)

काठमाकौ । सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको रुपमा देशको विभिन्न ठाउँमा पुगेर सत्य तथ्य समचार सम्प्रेसन गर्ने उद्देश्यका साथ सुरु गरिएको मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खबरको रफ्तार... मनास्लु पोष्टकोे सातौ बर्ष पुरा गरेको अबसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था ...

अमेरिकामा गर्भवती मोडेलको हत्या, शव फ्रिजमा

लस एन्जलस । अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु अघि उनलाई कुटपिट गरिएको थियो । पोस्टमार्टमका अनुसार ती महिला माेडल दुई महिनाकी गर्भवतीसमेत थिइन् । ती महिलाको नाम मलेसा मुनी रहेको प्रहरीले जनाएको छ । मुनीकी बहिनी जोर्डिन पाउलिनले स्थानीय समाचार केटिएलएलाई बताइन् कि उनकी बहिनीले सधैं आमा बन्ने सपना देखेकी थिइन् र उनको मृत्युको समयमा दुई ...

७० बर्षिकि आमा साधना पराजुलीको पृथक खालको गीत “पानी माथी” सार्वजनिक

काठमाडौं । पछिल्लो नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा ७० बर्षिकि आमा साधना पराजुलीको नयाँ पृथक खालको गीत “पानी माथी” सार्वजनिक भएको छ । यस गीतमा बहुप्रतिभाशाली गायक, संगीतकार, एरेन्जर लक्षु प्रकाश मल्ल, नेपालकै पहिलो दोहोरी साँझ सञ्चालिका लोकप्रिय गायिका देवी हमाल र...

रहिनन् गायिका दिलमाया खाती

‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा तिमीलाई भेट्न आउँदैछु फर्की रमाईलो गाउँमा…’ यो वर्षको दशैं नजिकिँदै गर्दा यो गीत रेडियोबाट बज्न थालेको छ । तर यो गीतकी अग्रज गायिका दिलमाया खाती अब हामीमाझ रहिनन् । पूर्वी भारतको दर्जिलिङमा रहेर संगीत साधना गर्दै आएकी उनको म‌गलबार राती दर्जिलिङमा ८४ वर्षको निधन भएको छ । गायिका खाती लामो समयदेखि दम रोगबाट पीडित थिईन् । उनलाई सोही रोगले हामीबाट टाढा ल...

मनास्लु पोष्टका कार्यकारी सम्पादक राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान

मन बहादुर पुन काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल, उपत्यका समन्वय समितिले आयोजना गरेको आठौ राष्ट्रिय लोक दोहोरी अवार्ड—२०८० कार्यक्रममा लोकप्रिय सञ्चारकर्मी, गायक, सर्जक, अभिनेता तथा मनास्लु पोष्टका कार्यकारी सम्पादक राजकुमार रायमाझी लोक पत्रकारिता पुरस्कारद्धारा सम्मानित भएकाछन । २०६२ मा रेडियो एचबिसिबाट सञ्चार क्षेत्रमा प्रबेश गरेका राजकुमार रायमाझीले नेपाल टेलिभिज...

“शुभ पितृ दिवससबैमा ! Happy Father’s Day to all” !  

आज,पितृ दिवस,“पितृ देवो भव” संस्कृति कुशे औंसी, बाउको मुख हेर्ने तिथि मेरा बुबाको मुसुक्क मुस्कुराएको मुहाराकृति, उहाँको शान्त, सौम्य, सम्यक, शालीन उपस्थिति र हामीले साझा गरेका सबै सुन्दरतर प्रकृति अविस्मरणीय सम्झनाहरू झलझल्ति सम्झँदा, म अलिक भावुक भावनाहरूले भरिएको छु । प्रीय बुबा, वर्षहरू बित्दै जाँदा, तपाईंका पदचिन्हहरुले मलाई जीवनका परीक्षाहरू, विजयहरूमार्फत माया र म...

वैवाहिक सम्बन्धमा बाँधिइन् अभिनेत्री निरुता सिंह

काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । तीन दशकअघि चलचित्र दर्पण छायाँबाट अभिनेत्रीका रूपमा नेपाली चलचित्र उद्योगमा भित्रिएकी निरुताले बिहीबार मुम्बईमा विवाह गरेकी हुन् । उनका समकक्षी अभिनेत्रीको छोराछोरी कलेज पढ्ने उमेरका हुँदै गर्दा अभिनेत्री निरुताले यति बेला विवाह गरेकी हुन् । पछिल्लो समय नेपाली चलचित्रमा अभिनयसँगै अभिनेत्री निरुताले मुम्बईमा बसेर इन्टेरियर डिज...