सगरमाथामा बेपत्ता शेर्पाको छ दिनपछि सकुशल उद्धार

सोलुखुम्बु, जेठ २१ गते । सगरमाथाको तेस्रो शिविर आसपासबाट बेपत्ता हुनुभएका ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका पर्वतारोहण गाइड दावा शेर्पाको सकुशल उद्धार गरिएको छ । बिहीबार बिहान खुम्बु आइसफलस्थित  कर्म्पन पोइन्ट नजिक आधार शिविरतर्फ अत्यन्त कमजोर अवस्थामा घिस्रिँदै ओर्लिरहेको अवस्थामा सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले भेटेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुल...

परम्परागत घुमाउने घर हराउँदै

तनहुँ । तनहुँमा परम्परागत ‘घुमाउने घरहरू लोप हुँदै जान थालेका छन् । केही वर्ष अघिसम्म जिल्लाका दरै बस्तीहरूमा बाक्लै देखिने यस्ता मौलिक घरहरू अचेल फाट्टफुट्ट मात्रै देख्न पाइन्छ । गाउँ–गाउँमा सडक सञ्जाल पुगेसँगै इँटा, सिमेन्ट र जस्तापाताको प्रयोग बढेपछि दरै जातिको वास्तुकलाको नमुना मानिने यी घरहरू इतिहासमा सीमित हुने खतरा बढेको हो । व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेत ...

सुन्दर आलितालः पूर्वाधार बने, सम्भावना ओझेलमै

डडेल्धुरा । समुद्री सतहदेखि करिब आठ सय मिटर उचाइमा, चुरे र महाभारत पर्वतको सिमानामा अवस्थित आलिताल प्रकृतिको अनुपम उपहार हो । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाले भरिपूर्ण यो ताल आज पनि “माल पाएर चाल नपाएको” अवस्थामै सीमित देखिन्छ । करोडौं रुपियाँ पूर्वाधारमा खर्च हुँदा पनि स्थानीय समुदायले तालबाट अपेक्षित आर्थिक लाभ लिन सकेका छैनन् । किंवदन्ती, आस्था र पहिचान स्थानीय किंव...

धम्पुस लेकबाट गाइडसहित जर्मनी पर्यटक सम्पर्कविहीन

मुक्तिनाथ (मुस्ताङ) । संसारको सातौँ अग्लो अर्थात् आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका-१, धम्पुस लेक आउने क्रममा नेपाली गाडडसहित एक जर्मनी पर्यटक सम्पर्कविहीन भएका छन् । म्याग्दीको धौलागिरि पदमार्ग हुँदै धम्पुस लेकमा प्रवेश गरेपछि ३२ वर्षीय जर्मनी पर्यटक दामिनो डेल्फाप्लो र गाइड मिमा शुक्रबार राति साढे ९ बजेदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु ग...

थारू समुदायको ‘बर्का नाच’ सङ्कटमा

दाङ । थारू ‘बर्का नाच’ सङ्कटमा पुगेको छ । पश्चिम नेपालका थारू समुदायको एक मात्र बर्का नाच आर्थिक अभावले अहिले सङ्कटमा पर्दै गएको हो ।  विशेष गरेर दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा नाचिने बर्का नाच अहिले दाङमा मात्रै सिमित छ । त्यो पनि जिल्लाकै एउटै गाउँमा कहिले काहीँ मात्र नाचिने अवस्था आएको छ । थारू समुदायमा चाडपर्व अनुसार नाचिने महोत्या, मघौटा, छोक्रा, हुरडुंग्या, झुम्रा, लठ्ह्वा, ...

हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या बृद्धि

सिमकोट (हुम्ला),   ।  यहाँको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ ।  चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिनुभयोे । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणपछि भारतीय तीर...

पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

मनाङ : असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुन्थे । अग्रिम बुकिङ गरी होटलमा बस्नसमेत ठाउँ नपाइने यतिबेलाको समयमा यसवर्ष मनाङ सुनसान छ । विदेशी पर्यटक विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ, विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल, मनास्लु हिमाल अरोहण गर्न आउने गर्द...

मनास्लु आरोहण गर्न २२४ जनाले लिए अनुमति

गोरखा । यस वर्षको शरद ऋतुमा सेप्टेम्बर–नोभेम्बर मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्याङ्क अनुसार ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि विभिन्न मुलुकका १७ टिमका आरोहीले अनुमति लिएका हुन् । अनुमति लिनेहरूमध्ये १६९ पुरुष र ५५ महिला छन् । उनीहरूबाट मात्रै रु नौ करोड ४३ लाख २२ हजार ८६ राजस्व संकलन भएको विभागले जनाएको छ । यो सिजनमा सबैभन्द...

सुन्दरताले भरिपूर्ण दिज गाउँ

ढोरपाटन  । वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई । जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ पर्यटनको सम्भावना भए पनि बत्ति मुनीको अँध्यारो बनेको छ । गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले यहाँ पुग्ने प...

राउटे संरक्षण गर्न छुट्टै समिति : विधेयकसहित कोरिडोरको खाका तयार पारिने

सुर्खेत, । कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि छुट्टै समन्वय समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले राउटे समुदायका लागि विधेयक बनाउन, राउटेको प्रोफाइल तयार पार्न र राउटे कोरिडोरको खाका तयार गर्नका लागि समिति गठन गरेको हो । पाँच सदस्यीय समितिमा आदिवासी जनजाति महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटे, मन्...