श्राद्धको प्रसाद खाँदा धादिङका १८ जना टेकु अस्पतालमा

  काठमाडौं– श्राद्धको प्रसाद ग्रहण गर्दा धादिङको आदमटार–६ का ४० जना भन्दा बढी बिरामी परेका छन् । तीमध्ये १८ जनाको काठमाडौंस्थित टेकुस्थित शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । बुधवार आदमटार ६ स्थित गिरी परिवारको घरमा भएको श्राद्धको प्रसाद ग्रहण गर्नेहरु रातिदेखि बिरामी पर्न थालेको अस्पतालका निर्देशक डा रमेश खरेलले बताएका छन् ।  ज्वरो, झाडा, वान्ता र पेट दुख्ने समस्...

डा. केसी फेरी अनशन बस्ने

डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै १०औं पटकसम्म अनशन बसिसकेका छन्। आफ्ना माग पूरा नभएसम्म सम्झौता नगर्ने उनी २२औं दिनसम्म अनशन बसेको रेकर्ड छ। एकदिन पेटमा चारो नपर्दा छटपटिने मानव जीवनकै एउटा रुप हुन् डा. केसी पनि। तर, उनी यति लामो समयसम्म कसरी खट्छन् भोक? के ले धानिन्छ प्राण? माग पूरा नगरे ११औं पल्ट अनशन बस्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले यस्तै जिज्ञासा रा...

क्यान्सर उपचार प्रोटोकल लागू

काठमाडौं– स्वास्थ्य मन्त्रालयले सोमबारदेखि क्यान्सर उपचार प्रोटोकल लागू गरेको छ। स्वास्थ्य मन्त्री गगन थापाको निर्देशनमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले प्रोटोकल तयार पारेको हो। मन्त्री थापाले प्रोटोकल कार्यान्यवनका लागि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई निर्देशन दिएका छन्। मन्त्री थापाले प्रोटोकलले क्यान्सर उपचार र उपचार खर्चमा एकरुपता आउने बताए। ‘प्रोटो...

स्वास्थ्य उपकरण सम्बन्धी निर्देशिका पारित, गुणस्तर र मूल्य तोकिने

  काठमाडौं– सरकारले स्वास्थ्य उपचारका क्षेत्रमा प्रयोग हुने प्रविधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरणको नियमनका लागि नयाँ निर्देशिका ल्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रविधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरण सम्बन्धी निर्देशिका, २०७४’ पास गरेको हो। स्वास्थ्य मन्त्री गगन थापाका अनुसार प्रविधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरणको उत्पादन, निकासी पैठारी र बिक्री वितरणमा गुणस्तर का...

क्यान्सर रोगी गगांले सहयोग मागिन

ठुलाडिही ९ स्याङ्जा निवासी ५६ वर्षकी गंगा शाही क्यान्सर रोग लागि २०७४।०१।०८देखि भक्तपुर क्यान्सर अस्पतालमा सम्बन्धित विशेज्ञवाट उपचार गर्दै आइरहेकी छिन । उनको आर्थिक अवस्था निकै कमजोर भएको कारणले उपचार गर्न लोक गायिका अन्जु पुन लगाएत आफन्तहरु सहयोग जुताउन लागीरहेका छन । गगां शाहीको उपचारको लागी सहयोग गर्ने सहयोगी संंघ संस्था तथा महानुभावले भक्तपुर क्यान्सर अस्पतालमा सम्र्पक गर्न सकिने अस्पतालका...

दाङमा सुरु भयो मिर्गौलाको निःशुल्क डाइलाइसिस

दाङ– दाङको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मिर्गौला फेल भएकाहरुका लागि डाइलाइसिस सेवा सुरु भएको छ। डाइलाइसिस सेवाका लागि जिल्लाबाहिर जान वाध्य मिर्गौला पीडितहरुले सोमबारदेखि निःशुल्क सेवा पाउन थालेका हुन्। उपक्षेत्रीय अस्पताल प्रशासनले मध्यश्चिम विकास क्षेत्रमै सरकारीस्तरमा पहिलो डाइलाइसिस सेवा सुरु गरिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका दुई डाइलाइसिस मेसिन र अस्पतालभित्रकै जन...

स्वास्थ्यका १० पदाधिकारीलाई तत्काल नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले स्वास्थ्य क्षेत्रका विभिन्न नियामक निकायका पदाधिकारीलाई हटाई मन्त्रिपरिषदले गरेको नयाँ नियुक्तिको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरु हरिकृष्ण कार्की र सपना मल्ल प्रधानको संयुक्त इजलाशले १० जना पदाधिकारीलाई पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। हटाइएका अरु दुई जनाले दिएको मुद्दा हेर्न नभ्याइएका कारण पछि सरे...

बाँदर र मुसाले खाएर औषधि नष्ट

काठमाडौं– स्वास्थ्य मन्त्रालय अन्तर्गत केन्द्रीय मेडिकल स्टोरमा रहेको १० लाख ४२ हजार मूल्य बराबरको औषधि बाँदर र मुसाले खाएर नष्ट गरेका छन्। बाराको पथलैयास्थित केन्द्रीय स्टोरमा रहेका ती औषधि बाँदर र मुसाले नष्ट गरेको महालेखा परीक्षकको कार्यालयको ५४औं प्रतिवेदनमा उल्लेख छ। स्टोरमा भएको यो अनियमितता २०७२ असार मसान्तदेखि २०७३ असारसम्मको हो। प्रतिवेदन अनुसार औषधिको प्रभावकारी भण्डारण नहुँदा बिरामील...

खुट्टाको घाउबाट रगत चुहाउँदै काम गर्न बाध्य छन् कीर्तिमान

प्युठान– मल्लरानी गाउँपालिका वडा नम्बर १ का कीर्तिमान विक मजदुरी गरेर गुजारा चलाउँछन्। ५४ वर्षका उनी गाउँभरिको आवश्यकता अनुसार डकर्मीको काम गर्छन्। आर्थिक अवस्था नाजुक भएका कीर्तिमानलाई छोराछोरीले समेत छोडेर हिँडे। हातमा भएको सीपले जसोतसो जिन्दगी चलाउँदैछन् उनी। उमेर नपुगी बुढ्यौलीमा पुगिसकेका उनलाई खुट्टाको घाउले हैरान बनाएको छ। पैसा नभएरै राम्रो उपचार गराउन नसकेको बताउने कीर्तिमान विगत पाँच वर्ष...

मोटोपन घटाउन अपनाउनुपर्ने ८ उपाय

शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढी हुनुलाई मोटोपन भनिन्छ । मोटोपनबाट रोगहरु उत्पन्न हुन्छन् । मोटोपन घटाउन सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, उच्च रक्तकोलेस्टेरोल, हृदयघातजस्ता रोगहरुलाई कम गर्न सकिन्छ । मोटा व्यक्तिहरुले जीवनशैली परिवर्तन गर्दा शारीरिक तौल घटाउने लक्ष्य राख्नुपर्छ । १) भोकै बसेर चाँडो तौल घटाउने प्रयास गर्नु हुँदैन । यसबाट विभिन्न विकृतिहरू उत्पन्न ह...