जुम्लाको ढाँणखर्क पाटनमा चट्याङले पाँच सय बढी भेडा मरे

भदौ ९ गते । जुम्लामा चट्याङले पाँच सय बढी भेडा मरेका छन् । पातारासी गाउँपालिका वडा नम्बर ४ मा जाजुल्ले सामुदायिक वनमा रहेको ढाँण खर्क सामुदायिक वनमा चट्याङले पाँच सय बढी भेडा मरेका भेटेरीनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिए। उहाँका अनुसार सो क्षेत्रमा भेडा मरेको जानकारी भएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार गाउँपालिका पशु तथा भेटरीनरी ...

अकबरे खुर्सानीका १५ गुण

नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये एक हो, अकबरे खुर्सानी। यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन। यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ। आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो। साधारणतया: खुर्सानी पिरो स्वाद दिने फल हो। खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पत...

रुकुम पूर्वमा सलह देखियाे, मकैबालीमा क्षति

रुकुम पूर्वमा सलह किराको आतङ्क देखिएको छ । एक लाख ५० हजारको सङ्ख्यामा प्यूठान हुँदै रुकुम पूर्व प्रवेश गरेको सलह कीराको झुण्डले मकै बाली नष्ट गरेको कृषि ज्ञान केन्द्र रोल्पाले जनाएको छ । गत असार १६ गते जिल्लाको भूमे गाउँपालिकामा देखा परेको सलहले जिल्लाभर नै क्षति पुर्याएको भन्दै कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख नरेश धितालले क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । ‘दाङबाट प्यूठान र रोल्प...

सुनिन छाड्यो असारे भाका

इलाम । झिमिमा झिमि पानी है पर्यो असार मासैमा हिनेको हामी धानहै रोप्न बेसीको फाटैमा…. मानु खाएर मुरी उब्जाउने समय असार । त्यसमा पनि असार १५ किसानको चाड नै मानिन्छ । असार १५ मा दहि चिउरा खाने र दिनभर रोपाई गर्ने चलन छ । अहिले नेपालका सबै भूभागका किसानलाई धान रोपाइँको चटारो छ । असार १५ मा दहि च्युरा खानमा चासो दिने पनि घटेका छन् । युवा पुस्ता न असारे भाका गाउँछन् न त दहि चिउराको महत्वनै बुझेका...

रुपन्देही जिल्लामा सलहले सताउँदै

रुपन्देही : कृषि मन्त्री घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा ठूलो संख्यामा सलह पसेको छ। त्यहाँको सैनामैना-६ बैकुण्ठपुरसहितका क्षेत्रमा अनगिन्तीको संख्यामा सलह देखिएका हुन्।  मकै पाक्न लागेको सिजनमा सलह भारतबाट पसेका हुन्। राम्रो बर्षात् भएपछि अन्य खेतीबारी पनि हरियो फिरिरहेका बेला सलह पसेपछि कृषकको चिन्ता चुलिएको छ। शनिबार दिउँसो रूपन्देहीको बुटवल र सैनामैनासहितका क्षेत्रमा सलह देखिएपछि कृषकक...

गायक अमृत गुरुङ खेतीपातीमा रमाउँदै

मानो खाएर मुरी उब्जाउने बेला । मनसुन सुरु भएसँगै खेत जोत्ने, आली लगाउने, धान रोप्ने काम सुरु हुने नै छ । तर लकडाउनले गर्दा खेती किसानी गर्नेहरू पनि अलमलमा छन् । एकातिर मल र बिउको अभाव, अर्कोतिर कोरोनाको भय। यस्तै, अन्यौल र अप्ठ्याराकाबीच गायक अमृत गुरुङ भने आफ्नो पुर्ख्यौली खेतीपातीमा मग्न देखिन्छन् । लोकप्रिय सांगीतिक समूह ‘नेपथ्य’का यी सारथी हाप पाइन्छ, टिसर्ट र ह्याट पहिरिएर कहिले साना कान्ल...

एउटै गाउँमा तीन हजार मेट्रिक टन आलु

बैतडी, । बैतडीको एउटै गाउँमा तीन हजार मेट्रिक टन आलु फलेको छ । बैतडीको पाटन नगरपालिका–८, खोड्पेका २९ घरपरिवार किसानको दुई सय रोपनीमा तीन हजार मेट्रिक टन आलु फलेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अनुदान पाएपछि २९ घरपरिवार किसानले पूरै गाउँमा सामूहिक आलु खेती गरेका हुन् । यो वर्ष हिमपात र पानी परेका कारण सोचेभन्दा बढी आलु फलेको सिद्धसिगास आलु पकेट विकास समितिका संयोजक नरबहादुर विष्टल...

रूख चढ्ने बाख्राको बर्कौंला, जसबाट हुन्छ लाखौंको कमाइ

बाख्राको बर्कौंला मलको रूपमा प्रयोग हुन्छ, खेतबारीमा । तर यो दुनियाँमा एउटा यस्तो जातको बाख्रा छ जसको बर्कौंला निकै बहुमूल्य हुन्छ । यसबाटै किसानहरूले लाखौं कमाउँछन् । अफ्रिकी मुलुक मोरक्कोमा एउटा विशेष जातको बाख्रा पाइन्छ जुन रूख चढ्न सक्छ । रूख पनि अरू होइन, एउटा विशेष जातको रूख । बाख्राहरूले त्यो रूखको फल खान्छन् । त्यहीँ फल खाएर बाख्राले दिसा गर्ने बर्कौंला विशेष महत्त्वको हुन्छ । र, लाख...

कृषिमा लगानी बढाउन सकिने

काठमाडौँ,  । कोरोनाको कहरसँगै देश खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने, रोजगारी सिर्जनाका लागि व्यावसायिक कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता अर्थशास्त्रीले उठाउँदै आएका छन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि कृषि क्षेत्रलाई विशेष प्राथमिकता राख्दै व्यावसायिक कृषि र कृषिजन्य उद्यमलाई रोजगारीको प्रमुख स्रोतका रूपमा विकास गर्ने, कृषि उत्पादकत्व १० वर्षमा दोब्बर बनाउने उल्लेख गरेको ...

खेतमै सुके उखु

दाङको घोराही उपमहानगरपालिका –१७ गैरागाउँका उखु किसान डम्मर बुढा निकै चिन्तित देखिन्छन्। कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण उखु बिक्री नभएपछि बुढा चिन्तित भएका हुन्। गत माघको अन्तिम सातादेखि बिक्रीका लागि तयार भएको उखु अहिलेसम्म १५ प्रतिशतसम्म पनि बिक्री नभएको उनले बताए। रोल्पाबाट उनले गैरागाउँमा आएर पाँच वर्षदेखि साला भिनाजु गेमी उखु फार्मबाट जुस बिक्री गर्दै आएका छन्...