वर्षा केही दिन जारी रहने

काठमाडौँ, असोज ७ गते । यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म मनसुन कायम रहनेछ । गत वर्षझैँ यस वर्ष पनि अक्टोबर महिनासम्म ...

नयाँ एक हजार ३५६ जना सङ्क्रमितसहित ६६ हजार ६३२ पुग्याे

काठमाडौं, असोज  ६ गते । नेपालमा कोरोना भाइरसका एक हजार ३५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३५६ जना सङ्क्रमित थपिएका हुन् । देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार १५४ वटा आरटी पीसीआर परीक्षण भएकाे छ । याेसँगै नेपालमा नाै लाख ३४ हजार ९७७ वटा आरटी पीसीआर परीक्षण पुगेकाे छ। मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को...

परीक्षामा जुट्न थाले विश्वविद्यालय

काठमाडौँ, असोज ६ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुल...

टेकु अस्पतालमा पीसीआर गराउनेकाे अत्याधिक भीड

काठमाडौँ, असोज ५ गते ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड हुन थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने भएपछि पिसीआर परीक्षणाका लागि भीड ब...

वामदेवलाई राष्ट्रियसभा मनोनीत गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । त्रिपाठीले रिटमा राष्ट्रियसभामा के कस्तो आधारमा के कस्तो योग्यता तथा क्षमता भए...

आजदेखि नियमित आन्तरिक उडान तयारी

काठमाडौँ, असोज ५ गते । छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो । सोमबारदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ । उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभय...

सार्वजनिक यातायातः ‘न स्यानिटाइजर न दूरी, भाडामात्र बढी’

काठमाडौँ,असोज ४ गते। कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढाइएको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्...

मन्त्रिपरिषद पुनर्गठन हुने, नयाँ मन्त्री छान्ने जिम्मा ओली प्रचण्डलाई

काठमाडौं । पार्टी कार्यालय पेरिस डाँडामा आइतबार बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयले प्रवेश पाएको छ । पार्टी एकताको बाँकी काम टुंग्याउने सन्दर्भमा बसेको बैठकमा सरकारलाई प्रभावकारी बनाउनका लागि मन्त्रिपरिषद पुनर्गठनको कुरा उठेको थियो । मन्त्रिपरिषद पुनर्गठनलाई नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सकारात्मक लिएको एक नेताले जानकारी दिए । मन्त्रि पुन...

स्यारोन रेग्मी र सेलिना दाहालको अभिनयमा “पियारा” सार्वजनिक (भिडियो सहित)

मुनाल डिजिटलको प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली पियारा सार्वजनिक भएको छ । यस गीतमा पुर्णिमा लामाको स्वर रहेको छ भने कृष्ण प्रसाद खतिवडा (प्रल्हाद)को शब्द, संगीत रहेको छ । स्यारोन रेग्मीको निर्देशन रहेको गीतमा अधिनायकमान शेरचनको छायांकन तथा सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा स्यारोन रेग्मी र सेलिना दाहालको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=7r2PFqJMwfg&feature=emb_logo...

बब्लु र मनिषमाथि भएको कुटपिटबारे छानविन गर्न समिति गठन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रर्दशनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानविन गर्न नेपाल प्रहरीले समिति बनाएको छ । १०० ग्रुपका गुप्तामाथि बिहीबार प्रहरीले निर्घाट कुटपिट गरेको थियो । प्रदर्शनका क्रममा नियन्त्रणमा लिइसकेपछि पनि प्रहरीले कुटेको थियो । यस्तै शुक्रबार विजुलीबजार क्षेत्रमा भएको प्रद...