नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने निर्णय

काठमाडौँ, भदौ २५ गते । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने भएको हो । उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र श्रममन्त्र...

उपत्यकामा निषेधाज्ञा खुकुलाेः पसलहरू पालैपालाे खाेल्न दिने, यातायाता जाेर विजाेर

काठमाडाैं, भदाै २४ गते । काठमाडौका उपत्यकाका तीनओटा जिल्लाहरुमा जारी रहेको निषेधाज्ञाको स्वरूप  परिर्वतन गरिएको छ । निजी सवारी र सार्वजनिकतर्फ १६ सिटभन्दा माथिकालाई जोरविजोर अनुसार सवारी साधन चलाउन पाउने निर्णय भएको हो । त्यस्तै पसलहरूकाे हकमा फरक प्रकृितका पसलहरूलाइर् फरक दिनमा सञ्चालन गर्न पाउने व्यबस्था मिलाइएकाे छ । साे कुराकाे जानकारी काठमाडाे जिल्लाका प्रजिअ जनकराज दाहालले बताउनुभयाे मंगल...

थप एकहजार ८१ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ, भदौ २४ गते । नेपालमा कोभिड–१९ का एकहजार ८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेकाे हाे । सकृय सङ्क्रमित १५ हजार २५ रहेका छन् । प्रवक्ता डा. गौतमले हालसम्म ३३ हजार ८८२  जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केकाे बताउनुभयाे । पछ...

कोरोना महामारी सुरु भएयता स्वदेश फर्किए ११ लाख नेपाली

काठमाडौं । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन् । यस्तै, भारतबाहेक तेस्रो मुलुकबाट ११ चैतयता मंगलबारसम्म ५७ हजार नेपाली स्वदेश आएका छन् । प्रतिनिधिसभातर्फ काठमाडौंबाट निर्व...

निषेधाज्ञा परिमार्जनको तयारी

काठमाडौँ, भदौ २४ गते । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप परिमार्जन गर्न लागिएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले २० दिनको अवधिमा कोरोना नियन्त्रणमा धेरै सुधार आएको दाबी गर्नुभयो । ‘निषेधाज...

थप ९०२ सङ्क्रमितसहित कुल ४८ हजार १३८ पुग्याे

काठमाडौँ, भदौ २३ गते । नेपालमा कोभिड–१९ का ९०२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेकाे हाे । सकृय सङ्क्रमित १४ हजार ८६८ रहेका छन् । प्रवक्ता डा. गौतमले निको हुन दर ६८.५ प्रतिशत पुगेको र हालसम्म ३२ हजार ९६४  जना कोभिड–१९ सङक्रमित निको भए...

बन्धक बनाएर किशोरीमाथि सामूहिक बलात्कार

 कैलाली । कञ्चनपुरमा १६ बर्षकी किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । ५ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता भएको छ । जिल्लाको बेल्डाडी गाउँपालिकामा ५ मा मामाको घरमा बस्दै आइरहेकी किशोरी भदौ १४ गते देखि बेपत्ता भएकी थिइन् । उनका मामाले भाञ्जी हराएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए । किशोरीलाई भ...

नक्कली प्रेस कार्ड बनाएको आरोपमा ३ जना पक्राउ

काठमाडौं । पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंको बागबजारबाट ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले बागबजारको कालिका प्रिन्टिङका ३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । उनीहरुले अनलाइन सञ्चार माध्यमको प्रेस कार्ड नक्कल...

चेपाङ समुदायले राष्ट्रिय पर्व न्वागी घरमै बसेर मनाउँदै

चितवन । कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष अति सिमान्तकृत चेपाङ समुदायले मनाउने राष्ट्रिय पर्व न्वागी (छोनाम) पनि प्रभावित बनेको छ । चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते न्वागी (छोनाम) मनाउँदै आएका छन् । नेपाल चेपाङ संघ केन्द्रीय समितिले नै यसपटक औपचारिक रुपमा कार्यक्रम नगर्ने तर घरमै बसेर भने पर्व मनाउन भनेको छ । संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले आफ्नो मौलिक परम्परागत रूपमा सबै चेपाङ...

काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने...