जेठ २० गते अन्नपूर्ण म्याराथन हुँदै

यही जेठ २० गते  अन्नपूर्ण सेन्चुरी महोत्सवको अवसरमा अन्नपूर्ण म्याराथन आयोजना हुने भएको छ  । पहिलो पटक अन्नपूर्ण हिमालयको सफल आरोहण भएको अवसर पारेर अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण काठमाडौं समाजको सहआयोजनामा म्याराथन हुन लागेको हो । सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हरेजक र लुइस लाछनले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेका थिए र त्यही मितिमा म्याराथन हुन लागेको हो । ...

आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउँदै मुस्ताङको ढुम्बा ताल

मुस्ताङ  । हिमालपारिको जिल्ला मुस्ताङको घरवजोङ गाउँपालिका– ५ ढुम्बा गाउँमा रहेको रमणीय ताल यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । सदरमुकाम जोमसोमबाट ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो ताल मुस्ताङको ऐतिहासिक ठिनी गाउँको नजिकै पर्छ । लगभग ४०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा अवस्थित ढुम्बा तालको गहिराइ करिब १० मिटर रहेको  श्यामलाल गुरुङ बताए । २०७२ को भूकम्पका कारण तालको पानी सुक्दै जान ...

बागलुङको ढोरपाटन जोड्ने गुर्जा–रुघाचौर–ढोरपाटन पदमार्गको निर्माणकार्य शुरु

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाबाट छिमेकी जिल्ला बागलुङको ढोरपाटन जोड्ने गुर्जा–रुघाचौर–ढोरपाटन पदमार्गको निर्माणकार्य शुरु भएको छ । सदरमुकाम बेनीबाट गुर्जा हुँदै नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने छोटो र सजिलो पदमार्ग निर्माण भएपछि पर्यटक तथा पश्चिम म्याग्दीका दर्जनौँ गाउँका बासिन्दालाई सुविधा हुने भएको छ । धौलागिरि गाउँपालिकाले रु १५ लाख तथा स्थानीयवासीको रु एक लाख ५० हजार जनश...

म्याग्दीमा नयाँ पदमार्ग करबाकेली इको ट्रेक एक्सप्लोर ,बालकदेखि बृद्धसम्मले भ्रमण गर्न सक्ने

करबाकेली पर्यटन विकास समिति अगुवाईमा र कन्सेप्ट नेपालको पहलमा म्याग्दीमा नयाँ पदमार्ग करबाकेली इको ट्रेक एक्सप्लोर भएको छ । पदमार्ग एक्सपोल गर्न आयोजना गरीएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारीले भने अहिले आन्तरीक पर्यटकको पनी पदमार्गमा यात्रा गर्नेको सख्या दिन प्रतिदिन बढ्दै गएको बताए । उनले भने यस्ता नयाँ पदमार्गले स्वदेशी विदेशी दुबैलाई निकै आकर्षीत हुने बताए । कास्कीको ...

कामी रिता शेर्पाले २२औं पटक सगरमाथा चढेर बनाए नयाँ कीर्तिमान

कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् । पासाङल्हामु गाउँपालिका ५, थामे सोलुखुम्बुका कामीरिता शेर्पाले बुधबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा २२ पटक पाइला टेकेका हुन । बुधबार बिहान साढे ८ः३० बजे शेर्पा सगरमाथाको चुचुरोमा पुगेको पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारीले जनाएको छ । नेपालका कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ रेकर्ड बनाएका छ...

सगरमाथा आरोहणका लागि बाटो खुला, वेस क्याम्पभन्दा माथि २०० भन्दा बढी आरोही

सोलुखुम्बु– चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) सम्पन्न गरेसँगै यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । आठजना शेर्पा आरोहीले सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । विभिन्न आरोहण कम्पनीमा आबद्ध आठै जनाले चुचुरोमा पाइला टेक्दै सन् २०१८ को पहिलो आरोही दल समेत बनेका छन् । डोरी टाँग्दै चुचुरामा पाइला टेक्नेहरूमा पा...

सगरमाथा आरोहणका लागि अाएका जापानीको सगरमाथा अाधारशिविरमा मृत्यु

विराटनगर, २४ वैशाख : सोलुखम्बुमा लेक लागेर आइतबार एक जापानी नागरिकको मृत्यु भएको छ । खुम्बुपासाङल्हामु–४ स्थित लबुचे वेस क्याम्पमा लेक लागेर गम्भीर बिरामी भएका ४२ वर्षीय कुगा टाकाहिरोको मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । लुक्लास्थित निकोल निकिल अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो । सगरमाथा आरोहणका लागि उनि गत वैशाख १४ गते ...

वैधिक विधिपूर्वक पूजा गरेर मनकामना मन्दिरमा गजुर राखियो

काठमाडौं । वैधिक विधिपूर्वक पूजा गरेर  मनकामना मन्दिरमा गजुर राखिएको छ । भूकम्प अघि दक्षिण पश्चिममा करीब ६ इन्च ढल्किएको मन्दिर भूकम्पले थप ढल्काएपछि २०७२ असारबाट पुनर्निर्माण भइरहेको छ । जगैदेखि भत्काएर पुनर्निर्माण भइरहेको मन्दिर पुरानै स्वरुपमा निर्माण हुन लागेको हो । पुनर्निर्माणको ९० प्रतिशत काम सकिएको जीर्णेद्वार समितिले जनाएको छ । माथिल्लो छानामा सुनको जलप लगाउने काम लगभग सकिएको र तल्...

करबाकेली इको ट्रेक जंगल सफारीका लागि आर्कषक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा पुनमगर समुदायको कुलदेवता करबाकेली बाबाको अवसान भएको स्थानलाई लक्षित गरी ‘करबाकेली इको ट्रेक’ सञ्चालनको तयारी भएको छ । स्थानीयको सक्रियता र कन्सेप्ट नेपालको प्राविधिक सहयोगमा पदयात्रामा रमाउन चाहने पर्यटकलाई सुन्दर गन्तव्यका रुपमा ट्रेकको प्रचारप्रसार शुरु गरिएको करबाकेली पर्यटन व्यावस्थापन समितिका अध्यक्ष यामबहादुर पुनले बताए ।   “जंगल...

अप्रिल २५ मा टान लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुदै

काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले तेस्रो ‘टान लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन’ प्रतियोगिताको आयोजनाको तयारी थालेको छ । २५ अप्रिल २०१८ मा आयोजना गर्नेगरी लाङटाङ अन्तर्राष्ट्रिय म्याराथनको तयारी तिव्र पारिएको टानका प्रवक्ता गोपाल श्रेष्ठले बताएकाछन । म्याराथन क्यान्जिङ गोम्पाबाट सुरु भइ स्याब्रुवेसीमा समापन हुने यस वर्षको प्रतियोगितामा स्वदेशी तथा विदेशी सहित करिब २ सय जनाको सहभा...