काठमाडौं । ३८०० मिटर उचाईमा पर्ने सोलुखुम्बुको थामे गाउँमा जन्मिएका आङरिता शेर्पाले पर्वतारोहणलाई कहिले पनि व्यवसाय बनाएनन्, बरु यसलाई परम्परा र सम्मानका रुपमा लिए । त्यसकारण उनी हिमालयसँग कहिल्यै जोरी खोज्दैनथे । उनको बुझाई थियो– प्रकृतिभन्दा ठूलो केही छैन, पर्ख, हेर र अगाडि बढ । उनले हिमाललाई सम्मान र आदर गरे । हिमालले पनि उनलाई प्रख्याती दियो, विश्वप्रसिद्ध बनायो । उनी बिना अक्सिजन १० पटक सग...
आरोहणलाई प्राविधिक बनाउन चाहदैनथे आङरिता शेर्पा
