नयाँ शक्तिद्वारा माघ १५ देखि एक महिने पूर्वपश्चिम जनसंवाद यात्रा घोषणा(प्रेस विज्ञप्ति सहित)

काठमाडौं, १२ माघ । ‘असल राजनीति र समावेसी विकासका लागि जनसंवाद’ मुल नाराका साथ नयाँ शक्ति पार्टी नेपालले माघ १५ गतेदेखि जनसंवाद यात्रा सुरु गर्ने भएको छ। शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वको पाँचथरदेखि सुरु हुने यात्रा मध्यपहाडी लोकमार्ग हुँदै एक महिनापछि फागुन १५ गते पश्चिम वैतडीको झुलाघाटसम्म पुग्नेछ। समावेशी विकासका लागि जनसंवाद यात्रा तय गरेको उक्त पार्टीका संयोजक डा. बाबुराम भट्टरा...

पोखरामा तरुण दलको विरोध प्रदर्शन

पोखरा । सरकारका पछिल्ला काम कारबाहीविरुद्ध असन्तुष्टि जनाउँदै तरुण दल गण्डकी प्रदेशले पोखरामा शुक्रबार विरोध प्रदर्शन गरेको छ । तरुण दलको केन्द्रीय कार्यक्रमअनुरुप तरुण दलले प्रदेश राजधानी पोखरामा व्यापक विरोध प्रदर्शन गरेको हो । आन्दोलनका उत्रिएकाहरुले सरकारले पछिल्लो समय महँगी वृद्धि गरेको, बलात्कारी र भ्रष्टाचारीलाई संरक्षण गरेको, डा. गोविन्द केसी अनसन बसे पनि दुईतिहाइ भरमा चिकित्सा शिक्षा विध...

पूर्वदेखि पश्चिमसम्मकाे एक महिने लम्बे अभियानमा निस्कँदै डा. भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले असल राजनीतिका लागि एक महिने लम्बे अभियान सञ्चालन गर्ने भएको छ । अभियानमा संयोजक भट्टराईले पनि मध्यपहाडी/पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्नुहुनेछ । 'असल राजनीति र समावेसी विकासका लागि जनसंवाद'को नारासहित नयाँ शक्तिले पुष्पलाल लोकमार्गमा अभियान सञ्चालन गर्न लागेको हो । अभियानमा एक महिनाभरी नै पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा....

सरकारप्रति छिमेकी र पश्चिमा मुलुकको विश्वसनीयता गुमेको छः डा. भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको सरकारप्रति छिमेकी र पश्चिमा मुलुकको विश्वसनीयता गुमेको बताएका छन् । सरकारले परराष्ट्र सम्बन्ध सुदृढ बनाएको दावी गरे पनि उत्तर, दक्षिण र पश्चिम कतै पनि सरकारप्रति विश्वास नदेखिएको दावी गरे । ‘न उत्तर, न दक्षिण न पश्चिम यो सरकारप्रति कतै पनि विश्वास देखिनँ’ उनले बुधबार संसद बैठकमा भने, ‘हामी आन्तरिक खपतका लागि ठूला कुरा गर्छौ...

काङ्ग्रेस विधान मस्यौदामा सहमतिको प्रयास जारी

काठमाडौँ, पुस २ गते । नेपाली काङ्ग्रेसले पार्टीको विधान मस्यौदालाई पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि आज बिहान शुरु भएको काङ्गे्रस महासमिति बैठक केही समयका लागि स्थगन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा शीर्ष नेताबीच सहमत...

नेपाली कांग्रेस महासमितिकाे बैठक शनिबार बस्दै ,यस्तो छ बैठकको कार्यतालिका

काठमाडौँ — शनिबार सुरु हुने कांग्रेसको महासमिति बैठकको कार्यक्रम तालिका सार्वजिनक भएको छ । शुक्रबार पार्टी कार्यालयमा स्वागत तथा रजिष्ट्रेसनको कार्यक्रम राखिएको छ भने बाँकी कार्यक्रम यगम्बर पार्टी प्यालेसमा हुनेछ । राजधानीको सिंहदरबार आगाडि यगम्बर पार्टी प्यालेसमा हुने महासमिति बैठकका लागि कांग्रेसले एक प्रेस नोट निकाल्दै कार्यतालिका सार्वजनिक गरेको हो। कांग्रेस महासमिति बैठकाका लागि नयाँ कार्य...

पार्टीको कार्यशैलीप्रति नेकपाकै नेताको आपत्ति, (ज्ञापनपत्रसहित )

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को पार्टीको कार्यशैलीप्रति नेकपाकै नेताले आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएका छन् । बुधबार दिउँसो सिंहदरबारमा भेटेर नेकपाका नेताहरूले महासचिव विष्णु पौडेललाई भेटेर आपत्ति जनाएका हुन् । उक्त ज्ञापनपत्रमा डा.विजयकुमार पौडेल, जगन्नाथ खतिवडा, शत्रुधन महतो, ममता गिरी, जयन्ती राई, गरिमा साह, भाष्कर काफ्ले, रामकुमारी झाँकी, निरज आचार्य, प्रमलकुमार खनाल, मधव अर...

काङ्ग्रेसभित्रको झगडाका कारण चुनावमा हार– सभापति देउवा

भक्तपुर, २२ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताउनुभयाे । दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक ...

सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग, सहकार्य अपरिहार्यः अध्यक्ष प्रचण्ड

पोखरा, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताका छन । प्रेस चौतारी र प्रेस सेन्टर गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेश सरकार प्रभावकारी हुन नसके मुलुकमा भएका सबै उपलब्धि प्रभावित हुने बताए । सङ्घीयतालाई सफल र प्रभा...

‘नयाँ शक्ति विचारधाराको अन्त्य होइन, पुर्नजन्मका लागि काम गरिरहेको छ’

केही दिन अघि एक राष्ट्रिय दैनिकमा एउटा लेख छापिएको थियो– वैकल्पिक दलका चुनौति र औचित्य वा यस्तै केही शीर्षकको । त्यो लेखमा नयाँ शक्ति पार्टी, नेपाल र विवेकशील साझा पार्टीलाई नयाँ र वैकल्पिक दलका रुपमा चित्रित गर्दै दुवै दलका सम्भावना र चुनौतिबारे चर्चा गर्न खोजेको पाएँ । लेखमा एकातिर नेकपा र नेकाजस्ता मूलधार पार्टीहरुको सुधार असम्भवझैं हुँदै गइरहेको अवस्थामा नयाँ र वैकल्पिक दल आवश्यक हुँदै गएको...