काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ, २० कात्तिक। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काङ्ग्रेसको महासमितिको ब...

अबको निर्वाचनमा काङ्ग्रेस ठूलो दल : महामन्त्री कोइराला

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन चितवनले साेमवार चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा उनले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा काङ्ग्रेस ठूलो दल बन्ने दाबी गरे । उनले काङ्ग्रेसको महासमिति बैठक सर्ने जानकारी दिए । महामन्त्री कोइरालाले मह...

तीन टुक्रामा विभाजित राप्रपा फेरि एक हुने !

काठमाडौं : तीन टुक्रामा विभाजित राप्रपा फेरि एक हुने तयारीमा जुटेका छन् । कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशम्सेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहन नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकताको तयारी भएको हो । राप्रपा प्रजातान्त्रिक काठमाडौंले आइतबार राजधानीमा गरेको चियापानमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्सेर राणाले राप्रपा छिट्टै एक हुने बताए । अहिलेको सरकार...

शान्ति प्रक्रियामा तुलाधरको भूमिका स्मरणीय : अध्यक्ष प्रचण्ड

  काठमाडौँ, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको शान्ति प्रक्रियामा उहाँको योगदान स्मरणीय रहेको बताउनुभएको छ । आज अपराह्न दिवङ्गत हुनुभएका तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियामा उहाँले यस्तो समन्वयका...

राजनीतिक उपलब्धिलाई आर्थिक विकासमा केन्द्रित गरेका छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ९ कात्तिक ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धिलाई आर्थिक समृद्धिको दिशामा केन्द्रित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । भारतको राजधानी नयाँ दिल्लीमा इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘नागरिकको घोषणापत्रः विचार मन्थन’ विषयमा आज प्रवचन दिँदै उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणामार्फत गरीबी, अशिक्षा, भोकमरीबाट मुक्त गर्ने र विकासका आ...

ओली र मेरो बीचमा मत भिन्नता छैनः नेता नेपाल

घोराही, ६ कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताएका छनन । नेकपा दाङले दशैँका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ओलीको सरकार गिराउने विषय अफवाह मात्रै भएको स्पष्ट पारे  । “हाम्रोबीचमा केही समस्या छैन, मिडियाले हल्ला फैलाएको मात्रै हो”, नेता नेपालले भने, “वामदेव...

डा. बाबुराम भट्टराईले पिताको हातबाट लगाए वडादशैंको टीका

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट वडादशैंको टीका लगाएका छन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेको भट्टराईले शुक्रबार शुभसाइतमा टीका लगाएका हुन् । पिताको हातबाट टीका र आर्शिवाद ग्रहण गर्दा खुसी लागेको भट्टराईले बताएका छन् । MANASLU TV मा subscribers गर्नुहोला । https://www.youtube.com/watch?v=ji9pBMQQRNE  ...

शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्यः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गरे । “देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने भन्ने हो,” गृहमन्त्री थापाले भने, “अपराधलाई निस्ते...

भ्रमणबाट अगाडि बढ्नका निम्ति मनोबल बढेको छः डा. भट्टराई

हाम्रो अमेरिका भ्रमण अत्यन्त उपलब्धिमुलक र सफल रहेको हामीले अनुभूति गरेका छौं । नेपालमा विकास र समृद्धिको नयाँ चरणमा हामी प्रवेश गरिरहेको सन्दर्भमा विभिन्न देशका अनुभवहरु के छन्, त्यसबाट सिक्ने हाम्रो लक्ष्य हो । त्यसैले हामीले यूरोपपछि अमेरिकाको भ्रमण गर्‍यौं । अमेरिकामा पनि केही विशेष ठाउँहरुमा हामी गयौं, जहाँ गएपछि अमेरिकालाई बुझ्न सकियोस् । अमेरिका संसारमा ज्ञान उत्पादनको मुख्य केन्द्र ...

नवलपरासीमा नयाँ शक्तिको प्रशिक्षण, राजनीतिक अन्यौलताको अन्त्य गरी देशलाई समृद्ध बनाउने लक्ष्य

नवलपरासी । नयाँ शक्ति पार्टीले नवलपरासीको परासीमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सम्पन्न पार्टीको प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षक पार्टीका केन्द्रीय कार्यालय सदस्य गंगानारायण श्रेष्ठले समसामयिक एवं सांगठनिक विषयमा प्रकाश पार्दै नयाँ शक्तिले मात्रै विद्यमान राजनीतिक अन्यौलताको अन्त्य गरी देशलाई समृद्ध बनाउने बताए । उनले नयाँ शक्तिले अंगिकार गरेको ‘५ स’ को भिजन र अब...