कामदारको स्थिति बुझ्न संसदको श्रम समितिले दियाे निर्देशन

  मनास्लु पोष्ट  766 पटक हेरिएको

संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था बुझ्न ती देशमा पठाइएका राजदूतहरुलाई बोलाएर निष्कर्ष निकाल्न बिहीबार निर्देशन दिएको छ । समितिले राजदूतहरुको उपस्थीतिमा वैदेशिक रोजगार सम्मेलन गर्न समेत निर्देशन दिएको छ ।

समितिले परराष्ट्र, गृह र श्रम मन्त्रीहरुसँग सामुहिक छलफल गर्दै यो निर्देशन दिएको हो । बैठकले समितिबाट यसअघि भएका निर्णयहरुलाई कडाईका साथ कार्यान्वयन गर्न सरोकारवाला मन्त्रालयलाई ध्यानकर्षण गरेको छ ।

बैठकले घरेलु कामदार पठाउनको लागि सम्बन्धीत देशसँग यथासिघ्र श्रम सम्झौता गरी कार्यान्वयनमा लैजना, एकिकृत सफ्टवेर निर्माण गरी कामदारको अभिलेख चुस्त बनाई सुरक्षा र उद्धार कार्यलाई समुन्वयात्मक वनाउन, वैदेशिक रोजगार ऐनलाई परिमार्जन गरी समसामहिक बनाउन श्रम र पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ  ।

बैठकले नेपाली कामदार बढी रहेको देशको नेपाली दूतावासमा नेपाली श्रमिकको नियमन संयन्त्र निर्माण गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार