जनमुक्ति पार्टीको अध्यक्षमा पुनः केपी पालुङवा चयन

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  636 पटक हेरिएको

राष्ट्रिय जनमुक्ति पार्टीको संघीय अध्यक्षमा केपी पालुङवालाई सर्वसम्मत चयन भएका छन्। पार्टी स्थापनाको ३० वर्षको इतिहासमा पहिलोपटक अध्यक्ष सर्वसम्मत चयन भएको हो।

सुनसरीको धरानमा मंगलबार सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट पालुङवा पुनः अध्यक्षमा चयन भएका हुन्। महाधिवेशनले पार्टीको संघीय समितिको कार्यकारी अध्यक्षमा केशव सूर्यवंशीलाई निर्वाचित गरेको छ। उनी यसअघि महासचिव थिए। वरिष्ठ उपाध्यक्षमा कमला थापा र मोहन धिमाल‚ उपाध्यक्षमा होमाया गुरुङ, बलदीप राई, भीमबहादुर राना, प्रकाश याङदेन, रवीन्द्र उच्च नेपाली, हाँजी डा. मोहम्मद हसन, रविन्द्र सुनवार, मन्धरी याले र मनीराम चौधरीलाई निर्वाचित भएका छन्।

पार्टीको महासचिवमा टोप अस्लामी, रामु परियार र पदम जबेगु निर्वाचित भएका छन्। उपमहासचिवमा गंगा खासु र विष्णु थाम्देन‚ सचिव शर्मिला महरा, गीता सारु, गजेन्द्र आङबुहाङ, मोजीव अली र ज्ञानबहादुर सलामी थापा र कोषाध्यक्ष मानबहादुर राईलाई निर्वाचित भएका छन्।

महाधिवेशनले संघीय समितिमा ३१ जनालाई सर्वसम्मत सदस्यमा चयन गरेको कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार