काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्।
नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनबाट राप्रपा अध्यक्षमा निर्वाचित भएको राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिए। अन्तिम मत परिणाम भने सार्वजनिक हुन बाँकी छ।
अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।
थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना।

791 पटक हेरिएको 

