समानुपातिक तर्फको बन्दसूची बुझाउने अन्तिम दिन आज

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  226 पटक हेरिएको

काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले आज निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउँदैछन्।

आयोगले बन्द सूची बुझाउन हिजो र आज गरी दुई दिनको समय दिए पनि अधिकांश दलहरुले आज मात्रै आयोगमा बन्दी सूची बुझाउने तयारी गरेका छन्।

निर्वाचन कार्यक्रम अनुसार असोज ४ देखि ९ गतेसम्म आयोगले दलहरुले बुझाएको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन दलहरुलाई सूचित गर्ने, १० देखि १६ गतेसम्म उम्मेदवारहरुको बन्द सूची संशोधन गरी पेश गर्ने, १७ गते बन्द सूचीमा रहेका उम्मेदवारहरुले चाहेमा नाम फिर्ता लिने र दललाई जानकारी दिने तालिका छ।

यस्तै असोज २० देखि २२ गतेसम्म नाम फिर्ता लिएर रिक्त भएको ठाउँमा अर्को नाम पेश गर्ने र २२ गते नै उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ।

आयोगले तयार गरेको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार