विद्यालयमा गोली चल्दा ७ शिक्षकको मृत्यु

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  381 पटक हेरिएको

इस्लामाबाद : पाकिस्तानमा विद्यालयमा गोली चल्दा ७ शिक्षकको मृत्यु भएको छ।

उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लाको एक विद्यालयमा आज अज्ञात बन्दुकधारीहरूले गोली हानी कम्तीमा सात शिक्षकको हत्या गरेको प्रहरीले जनाएको छ। स्थानीय प्रहरीका अनुसार अज्ञात हतियारधारीले सरकारी हाईस्कुल तरीमङ्गलमा प्रवेश गरी सातजना शिक्षकको हत्या गरेका हुन्।

विद्यालयको स्टाफ रुममा शिक्षकहरू उपस्थित हुँदा अपहरणकारीले उनीहरूमाथि गोली प्रहार गरेको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।

गोलीबारीपछि आक्रमणकारी घटनास्थलबाट भाग्न सफल भएका थिए। आक्रमणको जिम्मेवारी हालसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार